प्रधानमन्त्रीको अमेरिका भ्रमणमा अन्तिम समयमा आएर रद्द

0 5

काठमाडौं, असोज ६ । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । राष्ट्र संघको ७० औं महासभामा भाग लिन जाने कार्यक्रमलाई प्रम कोइरालाले अन्तिम समयमा आएर स्थगति गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । महासभामा भागलिन प्रधानमन्त्रीसहित १७ सदस्यीय जम्वो टोली आज साँझ ५ बजे न्युर्योक जाने कार्यक्रम थियो । मधेसी दलहरुको माग सम्बोधनका लागि वार्तामार्फत समाधान खोज्न चौतर्फी दबाब बढेपछि प्रम कोइरालाको न्यूयोर्क भ्रमण रद्द भएको हो । मुलुक संकटमा रहेका बेला प्रधानमन्त्रीलाई विदेश भ्रमणमा नजान धेरैले सुझाव दिएका थिए ।