भारतीय गुप्तचर निकाय रअका पूर्वप्रमुखद्धारा संविधानको समर्थन

0 5

काठमाडौं, असोज ६ । भारत सरकारले नेपालमा नयाँ संविधान घोषणाप्रति असन्तुष्ट जनाएपनि संविधानसभाको स्रोतबिन्दु मानिने १२ बुँदे समझदारी र अन्य राजनीतिक परिवर्तनका सुत्राधार मानिने भारतीय गुप्तचर निकाय रअका पूर्वप्रमुख पीके हर्मिस थारक्कनले भने समर्थन जनाएका छन् । अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ । उनले काठमाडौं संस्थापनले संविधानमा संशोधन गर्न सकिने भनिसकेकाले भारतले नेपालको नयाँ संविधानलाई समग्र रुपमा अस्वीकार गर्न नमिल्ने लेखेका छन् । एक भारतीय दैनिकमा मंगलबार छापिएको उनको लेखामा नेपालको संविधानसभाले बहुमतका आधारमा संविधान पारित भएको भन्दै समर्थन गरिएको छ ।