एक रुपैयाँ ठग्दा पाँच हजार जरिवाना

September 23 2015 04:02

काठमाडौं, असोज ६ । सोमबार बिहान ललितपुर पुल्चोकबाट एकजना यात्रु टेम्पोमा चढेर मिनभवनस्थित यातायात व्यवस्था विभाग कार्यालय अगाडि ओर्लिए । चालकले उनीसँग भाडाबापत १८ रुपैयाँ मागे । यात्रुले पुल्चोकबाट मिनभवनको जम्मा दूरी ३.९ किलोमिटर मात्र रहेको र सरकारी नियमअनुसार भाडा जम्मा १३ रुपैयाँ मात्र रहेको बताए ।

तर, चालकले मानेन् । त्यसपछि ती यात्रुले आफ्नो परिचयपत्र देखाउँदै यातायात व्यवस्था विभाग अनुगमन महाशाखा प्रमुख बसन्त अधिकारीको परिचय दिए । नजिकैका ट्राफिक प्रहरी बोलाए र चालकलाई तत्कालै नियमविपरीत बढी भाडा असुलेकोमा पाँच हजार जरिवाना तिराईहाले ।

सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासोपछि छड्के अनुगमनमा निस्केका अधिकारीसहित अनुगमन टोलीले उक्त टेम्पोचालकलाई मात्र नभई एक सातायता तीन सय ५० भन्दा बढी सवारीचालकलाई कारबाही गरिसकेको नागरिक दैनिकमा खबर छ । कारबाहीमा परेका सबैलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार अधिकतम कारबाही स्वरुप पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
  • sarita silwal

    yessari huna vanda badi vaad jaha pani leako deakhako xau.
    and sambhidan banako din, 3 gata ta students lai card ko discount pani nadeeako.
    so kaha complain garnu parla.

Top