तपाईहरु भ्रममा नपर्नुहोस्,मधेश आन्दोलन भारतको लगानीमा भएको होइन’ कर्ण

0 6

काठमाडौं, असोज ५ । नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले मधेश आन्दोलन भारतको लगानीमा नभएको दावी गरेका छन् । मंगलबार भक्तपुरमा आयोजित साक्षात्कारमा बोल्दै नेपालका नेता र मन्त्रीले समेत मधेशका नागरिकको सहयोगमा भएको आन्दोलनलाई भारतको सहयोगमा गरिएको आन्दोलन भन्नु गलत भएको उनले बताएका हुन् । चुनाव जितेका राष्ट्रिय नेताहरु हुँ भन्नेले समेत मधेशका नागरिकहरु मार्दै संविधान जारी गरेको र त्यस क्षेत्रमा जाने आँट गर्न नगरेको भन्दै उनले मधेशीको भावना बुझ्न नसके त्यसको परिणाम दर्दनाक हुने समेत चेतावनी दिए । उनले ठूला दलका नेताले भारतीय राजदूतदेखि नेतासम्मलाई चाकडी गर्दा केहि नहुने तर मधेशी नेताहरुले समर्थन पाउँदा गलत ब्याख्या गर्ने परिपाटी गलत भएको उनले बताए। उनले भने, ‘नोबेल र संविधान लेख्न जती सजीलो छ त्यसलाई कार्यान्वयन गर्न त्यतीकै जटिलता छ भने यो संविधानले त देशका प्रमुख विषय समेट्न सकेको छैन त्यसैले यो संविधान लाखौ जनताले मधेशमा जलाईरहेका छन् भने काठमाडौंमा समेत जलिरहेको छ। मधेश अन्दोलनमा सरकारको गोली लागेर मरेकाहरुलाई १० लाख दिने घोषणा गर्नु गलत भएको र मान्छेको मूल्य तोकेको भन्दै उनले सहिद घोषणा गर्नु पर्नेमा जोड दिए। अर्को एक फरक प्रशंगमा तराईका राजनीतिक दलहरुले आन्दोलनका क्रममा मारिनेलाई पचास लाख दिने प्रादेशिक सरकारको घोषणसँगै सहिद र परिवालाई विभिन्न खालका सहुलियत दिने बताए।

You might also like More from author