भन्सारमा रोकिएका तेल ट्यांकर नेपाल भित्रिए

0 4

काठमाडौं, असोज ५ । भारतले रक्सौल भन्सारमा रोकेका तेल ट्यांकर नेपाल भित्रिएका छन् । सम्पूर्ण कागजीय प्रक्रिया पुरा गरेर नेपाल प्रवेशको अनुमति दिइपछि यी ट्यांकर रक्सौल नाकाबाट नेपाल भित्रिएको नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले बताए । संविधानलाई लिएर असन्तुष्ट देखिएको भारतले आपूर्ति व्यवस्था रोकिन सक्ने आशयको विज्ञप्ति जारी गरेको भोलिपल्ट सीमामा नेपाली ट्यांकर रोकिएको थियो । अहिले दुई पक्षिय सहमतिमा यी २३ वटा ट्यांकर नपाल आएका हुन्। भारतले रक्सौल नाकाबाट पेट्रोलियम लगायतका मालवहाक गाडी नेपाल प्रवेशमा रोक लगाएको खवर आएपछि काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा भिड बढेको छ । भारतीय अधिकारीहरूले सुरक्षा चुनौती देखाउँदै नेपालमा तेल पठाउन समस्या भएको भन्दै तेल बोक्ने गाडी रोकेका खबरसँगै तेल भर्न पम्पहरूमा भीड लागेको हो । भारतले नाकाबन्दी गर्न सक्ने चेतावनीपुर्ण विज्ञप्ती निकालेको र मंगलवार देखि नै केहि नाकाहरुमा कडाई शुरु गरेको खवर आएपछि सर्वसाधारणहरु पेट्रोलियम पदार्थको अभाव हुने डरले पम्पमा पुगेका छन् ।