भैरवको रेकर्ड तोड्दै वडा नम्बर ६ : पहिलो दिन २४ पर्दाबाट २७ लाख ब्यापार

0 16

देशैभर वडा नम्बर ६ एक साथ प्रर्दशन हुन पाएको भए यसले ब्यापारिक ईतिहासमा नयाँ रेकर्ड बनाउँने निश्चित थियो । यध्यपी मोफसल रिलिज स्थिगित भएपनि राजधानीबाटै  वडा नम्बर ६ ले आक्रमक कलेक्सन गर्न सफल भएको छ । राजधानीका जम्मा २४ वटा पर्दाबाट  वडा नम्बर ६ ले पहिलो दिन ( हिजो शुक्रवार ) २७ लाख ३७ हजार ५८ रुपैयाँको कारोवार गर्न सफल रहदै आफूलाई बल्कबष्टर फिल्मको सूचिमा दर्ता गराउँन सफल भएको छ । वितरक एवं हल सञ्चालकहरुको भनाई उदृत गर्दै लेख्ने हो भने आज शनिबार मात्रै ५० लाख माथिको कारोवार हुने निश्चित छ । दुई दिनको दृश्य हेर्ने भने सिंगल स्क्रिन र मल्टीप्लेक्स दुवै हाउसफूल छन् ।  सम्भवत आजै वडा नम्बर ६ को ब्यापार १ करोडको हाराहारिमा पुग्ने निश्चित छ । टिकट सोल्ड आउँट हुँदा धेरै दर्शक अन्य फिल्म हेरेर घर फर्किएका छन् भने दोहोराएर फिल्म हेर्ने दर्शक पनि देखिएका छन् । विहानीको शो देखि लिएर रात्री शो सम्म हाउसफूल हुँदा आगामी दुई दिन सम्मको टिकट पाउँन मुस्किल देखिएको छ । विशेष गरी फिल्ममा माग्ने बुढोको अभिनयलाई अब्बल भनेका छन् दर्शकले । फिल्म फर्टिनिटीबाट पनि वडा नम्बर ६ प्रति समर्थनका भ्वाईसहरु फेसबुकका भित्ताहरुमा देखिएका छन् । यस बर्षका पछिल्ला चार सफल फिल्म रेशम फिलिली, होस्टेल रिर्टन्स् , भैरव र लव सव को ओपनिङ रेकर्ड हेर्ने हो भने रेशम फिलिली पछाडी वडा नम्बर छ ले आक्रमक ब्यापार गर्न सफल भएको छ ।

रेशम फिलिलीले देशैभरका पर्दाबाट ७२ लाख १० हजारको फष्ट डे ओपनिङ गरेको थियो भने होस्टेल रिर्टन्स् ले ४१ पर्दाबाट ३२ लाखको ओपनिङ गरेको थियो । फिलिलीले राजधानीमा चाहि पहिलो दिन ५२ लाखको ब्यापार गर्दैै फष्ट ओपनिङमा रेकर्ड कायम गरेको थियो । यस्तै भैरवले पहिलो दिन राजधानीका २४ सहित मोफसलका १२ पर्दा गरी कूल ३६  पर्दाबाट ३२ लाख ८ हजार ३ सय २१ रुपैयाँको कारोवार गरेको थियो भने लव सवले ३८ वटा पर्दाबाट २२ लाख ३५ हजार ८ सय २ रुपैयाँको ओपनिङ गरेको थियो । वडा नम्बर ६ ले बच्चा देखि पाका उमेर सम्मका दर्शकले हलमा तानेपछि हल सञ्चालकहरुले शो समेत थपेका छन् आजबाट । हिजो शुक्रबार वडा नम्बर ६  हेर्न पुगेको दर्शक को प्रतिक्रिया र भिड यस्तो थियो हेर्नुस्