जनगायक रायनको लिपुलेकसम्बन्धी दुई एल्बम सार्वजनिक

0 15

काठमाडौं, भदौ २४ । भारत र चीनबीच दार्चुलास्थित नेपाली भूमि लिपुलेक हुँदै नाका खोल्ने सम्झौताको विरोध भैरहेको बेला जनगायक रायन श्रेष्ठले ‘लिम्पियाधुरा हाम्रै हो’ भन्ने सन्देशसहितको एल्बम सार्वजनिक गरेका छन् ।

विहीबार राजधानीमा आयोजित समारोहमा सीमाविद् बुद्धिनारायण श्रेष्ठले रायनका दुईओटा गीति एल्बम ‘जहाँबाट सुरु भयो’ र ‘लिम्पीयाधुरा’को विमोचन गरेका हुन् ।

कार्यक्रममा सीमाविद् श्रेष्ठले चीनलेसमेत ‘लिम्पीयाधुरा’ नेपालको हो भन्ने प्रमाण पेश गरेमा भारतसँग भएको सम्झौता रद्द गर्छु भनिसक्दा पनि नेपालले चासो नदिनु दुःखद भएको बताए ।

कार्यक्रममा एल्मबमा समेटिएको ‘लिम्पियाधुरा महाकालीको मूल शीर हो’ भन्ने शीर्ष गीत प्रस्तुत गरिएको थियो ।