यसरी हुँदैछ सौन्दर्यकर्मीको भिडन्त

0 11

काठमाडौं, भदौ २४ । अहिले सौन्दर्य प्रतियोगिताको लहड नै चलेको छ । यसै मेसोमा थपिएका छन्–व्युटिशियन आइकन । यसमा सौन्दर्य व्यवसायीहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् ।

अहिले व्युटिशियन आइकनका लागि तीस जना सौन्दर्यकर्मी भिडिरहेका छन् । उनीहरुलाई ग्रुमिङ सेसनमा राखिएको छ । यसमा सौन्दर्यकर्मीहरुले आफ्नो आत्मविश्वास, पर्फमेन्स, व्यक्तित्व निखार्न पाउने आयोजक एविसी ह्यान्डका अध्यक्ष सीता पाठकले वताइन् ।

सहभागीले विभिन्न चरण पार गर्दैै अन्तिम छनौटमा प्रवेश गर्नेछन् । र, आगमी असोज तेस्रो साता भव्य कार्यक्रमवीच हुने ग्रान्ड फिनालेवाट उनीहरुको क्षमताको छिनोफानो हुनेछ । यतिवेला सहभागीलाई ग्रुमिङ सेसनमा राखिएको छ

प्रतिस्पर्धीको पर्फमेन्स, व्यक्तित्व, आत्माविश्वास, सौन्दर्य कला, क्षमता आदिको आधारमा विजेता छनौट गरिनेछन् ।

त्यस वाहेक उनीहरुको प्रवृत्ति, अनुसाशन जस्ता कुराको पनि मूल्यांकन हुनेछ । प्रतियोगिताको कोरियोग्राफी निर्जन थापाले गरिरहेका छन् भने, इभेन्ट सम्हालेका छन्–दिपक घिमिरेले ।