१५ वर्ष पुरानो जिन्स र २० वर्ष पुरानो जुत्ता लगाउँछु : सलमान

0 11

मुम्बई, भदौ २२ । बलिउडमा ख्याती कमाएका नायक सलमान खानले आफ्नो जीवन सामान्य रहेको बताएका छन् ।

अरुले सोचेजस्तो आफ्नो जीवन धेरै विलासी नभएको उनले बताए । उनले भने, ‘म प्रसिद्धिलाई त्यति महत्व दिन्नँ, फिल्मी दुनियाँमा देखिने मेरो छवि र व्यक्तिगत जीवनमा धेरै फरक छ ।’

उनी भन्छन्, ‘म अहिले पनि साँढे पाँचसय रुपैयाँ पर्ने टि–शर्ट लगाउँछु, १५ वर्ष पुरानो जिन्स र २० वर्ष पुरानो जुत्ता लगाएर हिँडिरहेको छु ।’

दर्शकहरुले आफूलाई ‘स्टार’ मान्ने गरेको प्रसंगका बारेमा उनले भने, ‘मैले चलचित्रको पर्दामा निर्वाह गरेको चरित्रका कारण दर्शकले त्यो दर्जामा मलाई राखेका हुन् जो मेरो वास्तविक जीवनभन्दा भिन्न छ ।’

बलिउडमा अढाइ दशक लामो अभिनय यात्रा गरिसकेका सलमानले उनको सफलताका पछाडी अन्य सहकर्मीको पनि मेहनत रहेको बताए ।

आफ्नो प्रोडक्शनमा निर्माण भएको चलचित्र ‘हिरो’ का बारेमा मिडियासँग कुराकानी गर्दै उनले भने, ‘यो चलचित्र प्रेम कथामा आधारित रहे पनि यसमा चुम्बनको दृष्य राखिएको छैन ।’

उनी चलचित्रमा ‘किस सिन’ राख्न जरुरी ठान्दैनन् ।