‘वेलकम ब्याक’ले दुई दिनमै कमायो ३१ करोड

0 15

मुम्बई, भदौ २० । गत शुक्रबारदेखि प्रदर्शन भएको बलिउड चलचित्र ‘वेलकम ब्याक’ ले दुई दिनमै ३१ करोड रुपैयाँ (भारु) भन्दा बढीको कारोबार गरेको छ ।
शुक्रबारको तुलनामा शनिबार सो चलचित्रले बढी आम्दानी गरेको जनाइएको छ ।

अनीस बज्मीको यस चलचित्रले पहिलो दिन शुक्रबार १४ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको थियो भने दोस्रो दिन शनिबार १७ करोड पाँच लाख रुपैयाँ आम्दानी गरेको जनाइएको छ ।

बलिउड बक्स अफिसका विश्लेषक तरण आदर्शले ट्वीटरमार्फत उक्त चलचित्रको आम्दानीबारे जानकारी दिएका हुन् ।

‘वेलकम ब्याक’ सन् २००७ मा प्रदर्शित चलचित्र ‘वेलकम’ को सिक्वल हो । ‘वेलकम’ मा अक्षयकुरमा र कट्रिना क्याफ मूख्य भूमिकामा थिए भने ‘वेलकम ब्याक’ मा जोन अब्राहम र श्रुती हासन मूख्य भूमिकामा देखिएका छन् । यस चलचित्रमा नाना पाटेकर, अनिल कपुर र परेश रावलले पनि अभिनय गरेका छन् जो ‘वेलकम’ मा पनि देखिएका थिए । (एजेन्सी)