सलमानलाई कट्रिनाको न्यास्रो लाग्यो

0 8

salman

मुम्बई । ‘बजरंगी भाइजान’ले तीनस करोड बढी कमाई गरेपछि बलिउडमा सलमानको चर्चा निकै भयो । सलमान बाहेक शाहरुख खान र आमिर खान पनि त्यस्ता नायक हुन् जसको फिल्ममा हिरोइनको चर्चा खास हुन्न ।

सलमान खानले भने कट्रिना कैफको न्यास्रो लागेको कुरा गरेका छन् । ‘आउनेवाला फिल्ममा कट्रिनासँग काम गर्न पाएँ भने म निकै खुसी हुने छु । तर, के हुन्छ म यसै भन्न सक्दिन ।’

कबिर खान निर्देशित ‘एक था टाईगर’ मा काम गरेपछि सलमान कट्रिना एउटै फिल्ममा देखिएका छैनन् ।

salman-and-katrina

अतुल अग्नीहोत्रीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा सलमान कट्रिना संगै देखिनसक्ने अनुमान पनि गरिएको छ । तर, सलमानले केही भन्न नसकिने बताएका छन् ।

सलमान कटि्रना बलिउडका सफल जोडी मानिन्छन् केही चलचित्रमा अनस्क्रिन रोमान्स गरे लगत्तै रियलमा पनि रोमान्समा मस्त थिए यी जोडी । तर, कट्रिनाको भेट रणबीर कपुरसँग भएपछि उनीहरुको दुरी बढेको थियो ।