बुद्धबारे लेखिएका किताब गलत छन्, म भ्रम चिर्छुः रमित ढुंगाना

0 4

ramit dhunganaकाठमाडौं । बुद्ध नेपालमा होइन, भारतमा जन्मेका हुन् भन्ने भ्रम विश्वमा अझै कायम छ । यो भ्रमलाई चिर्न धेरै किसिमका प्रयासहरु भएका छन् । अभिनेता रमित ढुंगानाले बनाएको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ यसैको पछिल्लो कडि हो ।

यो फिल्म निर्माणका क्रममा अध्ययन गर्दा उनले विदेशका कुनै पनि विद्यालय एवं विश्वविद्यालयमा बुद्ध नेपालमा जन्मेका हुन् भनेर लेखिएको पाएनन् । उनी भन्छन्, ‘बुद्धको वारेमा विदेशी लेखकका जति किताब छन्, सबैमा बुद्ध भारतमा जन्मेको भनेर लेखिएको छ ।’

बुद्धका बारेमा अध्ययन गर्न उनले विदेशका प्रतिष्ठित विश्वविद्यालय, लाईब्रेरी, साँस्कृतिक स्थानको भ्रमण गर्नुका साथै विश्वविद्यालयमा अध्ययन गर्ने नेपाली विद्यार्थीसम्ग बाक्लो भेटघाट गरेका थिए । बुद्धको वारेमा विश्वमा फैलिएको भ्रम निवारणकै लागि फिल्म बनाएको बताउने रमीत फिल्म रिलिजपछि विदेशीले बुद्धको बारे खास कुरो थाहा पाउने दावी गरे ।