‘लभ सब’ले देखाउनेछ सामाजिक संजालको चलचित्र व्यापार प्रभाव

0 6

karisma-and-salon
नेपाली मात्र होइन हलिउड र बलिउड चलचित्रका निर्मातालाई पनि अहिले आफ्नो चलचित्रको प्रचारका लागि सामाजिक संजाल फाइदाजनक बनेको छ । फेसबुक र ट्विटरमा चलचित्रको प्रचार नेपाली चलचित्र क्षेत्रमा पनि खुबै देखिन्छ ।

अहिले सामाजिक संजालमा आक्रामक प्रचार गरिरहेको चलचित्र हो, ‘लभ सब’ । सुशिल पोख्रेल र नरेन्द्र महर्जनको निर्माणमा तयार भएको यो चलचित्रको सामाजिक संजालमा प्रचार हेर्दा लाग्छ, नेपाली दर्शकसम्म यो चलचित्रको जानकारी राम्रैसँग पुगेको छ ।

निर्माणपक्षले पनि चलचित्र प्रचारका लागि अनेक उपाय सामाजिक संजालमा प्रयोग गरिरहेका छन् । हुनत, यसरी सामाजिक संजाललाई चलचित्र प्रचारका लागि प्रयोग गरिएको पहिलो पटक भने होइन ।

तर, यसपटक भने ‘लभ सब’ यूनिटले सामाजिक संजालमा अभियान नै चलायो । नायक सलोन बस्नेतका पिता शोभित बस्नेतदेखि कलाकार शिशिर भण्डारी, निर्माता सुशिल पोख्रेल यो अभियानमा सक्रिय देखिए ।

शुक्रबार अर्थात भोलीबाट प्रदर्शनमा आउन लागेको प्रेम कथाको यो चलचित्रको व्यापारले सामाजिक संजालले व्यापारमा पार्ने फरकलाई स्पष्ट झल्काउनेछ ।

सलोन बस्नेत, संयम पुरी, करिश्मा श्रेष्ठको मुख्य भूमिकामा तयार भएको चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । भदौ महिनामा प्रदर्शनमा आएका ३ चलचित्रले व्यापारिक रुपमा सफलता हात पारिसकेका छन् । यसैले पनि ‘लभ सब’का लागि व्यापारको चुनौती पनि छ ।