यस्तो छ अनिता बिन्दुको तीजको भाका

0 7

anita

काठमाडौं । पत्रकार अनिता बिन्दुको स्वर रहेको तीज गीत ‘म मन पराइन लाइन बरिलै…को भिडियो सार्वजनिक भएको छ । प्रकाश भट्टको निर्देशनमा निर्माण भएको उक्त भिडियोमा सुविरा केसी, प्रेरणा खड्का र कबिता श्रेष्ठले अभिनय गरेका छन् ।

एक वर्ष अघि नै रेकर्ड भएको उक्त गीतको भिडियो यसपाली बनाइएको थियो । गीत सुन्नेहरु धेरैले गीत राम्रो लागेको भन्दै भिडियो बनाउन आग्रह गरेकाले भिडियो निर्माण गरेको अनिताको भनाई छ ।

लोकमणी सापकोटाको लय शब्दमा स्वर दिएकी अनिताले शब्द र संगीत टिपीकल नेपाली शैलिको भएकाले गायनमा आकषिर्त भएको बताईन् । पछिल्लो समय तीजसंग सम्बन्धित कतिपय गीतमा विवाद भएको बुझेकी अनिता तीजका मर्म समेटिने शब्द र भाका भए मात्रै गाउने बताउछिन् ।

तीजलाई नेपाली हिन्दु नारीहरुको उत्सवको पर्व हो भन्न चाहने अनितालाई तीज शीर्षकमा भड्किलो खर्च गरेको मन पर्दैन । नेपाल टेलिभिजनकी समाचारवाचिका अनीता नेपाल पत्रकार महासंघको उपाध्यक्ष हुन् ।