प्रधानमन्त्री कोइराला असोज पहिलो साता अमेरिका जाने

September 10 2015 06:24

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला दुई हप्ते भ्रमणका लागि अमेरिका जाने भएका छन् ।

सुशील कोइराला, प्रधानमन्त्री । फाइल तस्वीर

संयुक्त राष्ट्र संघको ७० औं महासभामा सहभागि हुन र आफ्नो स्वास्थ्य परीक्षण गर्न अमेरिका जान लागेको प्रधानमन्त्रीका सहयोगीहरुले जानकारी दिए ।

कोइराला असोज ६ गते न्यूयोर्क प्रस्थान गर्ने कार्यतालिका छ । कोइरालाले असोज १४ गते महासभामा नेपालको तर्फबाट सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

संयुक्त राष्ट्र संघको महासभा तथा प्रधानमन्त्रीको भ्रमणका कार्यक्रम सम्वन्धि प्रस्ताव अब बस्ने मन्त्रिपरिषद बैठकमा प्रस्तुत हुनेछ ।

जटील राजनीतिक परिस्थितिमा अमेरिका जाने की नजाने भन्नेमा कोइराला दोधारमा छन् । तर, उनका सल्लाहकारहरुले राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीको सहभागीता आवश्यक पर्ने तर्क गर्दै अमेरिका जान सुझाव दिएका छन् ।

परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री कोइरालालाई अमेरिका भ्रमण तालिका र त्यसको तयारीबारे औपचारिक जानकारी गराइसकेका छन् । आउँदो असोज १४ गते राष्ट्रसंघीय महासभालाई प्रधानमन्त्री कोइरालाले सम्वोधन गर्ने र त्यसको भोलिपल्ट स्वास्थ्य परीक्षण गर्ने तालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top