इराकमा गरेको दुःख सम्झिएर थुक्पा उद्योगमा रमाउँदै अनुत

0 6

Anut-Subba

२३ भदौ, झापा । इराकको राजधानी बग्दादमा रहेको बेलायती राजदूतावासमा आठ वर्षसम्म सुरक्षा गार्डका रुपमा काम गरेर फर्किएका गरामनी–९ शैनिकका अनुत सुब्बा यतिबेला इभा थुक्पा उद्योग सञ्चालन गरेर बसेका छन् ।

विदेशमा गरिने पौरख नेपालमा गरे यही पनि मनग्य आम्दानी लिन सकिन्छ भनेर उनले आफ्नै घरमा थुक्पा उद्योग सञ्चालनमा ल्याएका हुन् । भारतीय सेनाको जागिरबाट २०६२ सालमा अवकास पाएपछि २०६३ सालमा उनी इराक पुगेका थिए ।

इराकमा गरेको दुःख सम्झिएर अहिले उहाँले आफैँ घरमा लघु उद्योगअन्तर्गत थुक्पा उद्योग सञ्चालन गरेका छन् ।

दुई वर्षअघि तीन लाखबाट सुरु गरेको थुक्पा उद्योगमा अहिले छ जानले रोजगारी पाएका छन् । “मैले यही उद्योगबाट अहिले मासिक झन्डै एक लाख ५० हजारसम्म बचत गर्ने गरेको छु” उनले भने ।

श्रम र सीप बिना विदेश जानु भनेको ब्रेक फेल भएको सवारी चलाएसरह हुने भन्दै काम सिकेर यही केही व्यवसाय गरे विदेशमा भन्दा राम्रो कमाइ हुने बताउँ छन् ।

आफ्नै उद्योगको उदाहरण दिँदै उनले भने– “मलाई पनि यो उद्योगमा थप काम गर्ने मान्छे चाहिएको छ,यहाँका युवा पिठो मुस्न चाहँदैनन् यिनै युवा विदेशमा पुगेर शौचालय सफा गर्छन् त्यहाँ दिने पैसा म यही दिन्छुभन्दा पनि काम गर्ने मान्छे पाइँदैनन् ।”

उनले उद्योगबाट अहिले दैनिक तीन क्विन्टलभन्दा बढी थुक्पा उत्पादन गर्ने गरेको छ ।  “सुरुमा त उद्योग नचल्लाकी भनेर चिन्ता थियो तर अहिले मागअनुसारको उत्पादन पुर्याउन मुस्किल छ” उनले भने ।

झापासहित पूर्वी पहाडी जिल्ला इलाम,पाँचथर र ताप्लेजुङ आफूले उत्पादन गरेको थुक्पाको मुख्य बजार रहेको बताउँदै सुब्बाले भने, “थुक्पा उत्पादन खर्च र मजदुरलाई पारिश्रमिक कटाएर  दैनिक रु पाँच हजारको हाराहारीमा आफूलाई नाफा हुन्छ ।” इ

राकमा गरेको दुःख सम्झेर उद्योग खोलेको उनको भनाइ छ । रासस