शीतभण्डार निर्माण सुरु

शीतभण्डार निर्माण सुरु

0 5

२३ भदौ, वालिङ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ जैसीडाँडामा दुई हजार ५०० मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सुरु भएको छ ।

नेपाल सरकारले प्रत्येक विकास क्षेत्रमा एक÷एक वटा शीतभण्डार निर्माण गर्ने नीति अघि सारेसँगै पश्चिमाञ्चल विकास क्षेत्रको शीतभण्डार जैसीडाँडामा निर्माण सुरु गरिएको हो ।

स्याङ्जा शीतभण्डार सहकारी संस्था लिमिटेडमार्फत निर्माण थालिएको उक्त शीतभण्डारको लागत १८ करोड रहेको छ । सहकारी सङ्घ संस्थामात्रै सेयर सदस्य रहने व्यवस्था गरिएको शीतभण्डार निर्माण कार्यमा ९९ वटा सहकारी सदस्य बनेका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताए ।

सो सहकारी र सहकारी विभागको ५०÷५० प्रतिशत लगानीमा निर्माणधीन शीतभण्डारको हाल भित्ता ढलानको काम भइरहेको छ भने २०७३ पुससम्ममा निर्माण सम्पन्न हुने बताइएको छ ।

“सुन्तलालाई लामो समयसम्म भण्डारण गरेर राख्न सकिने र उपयुक्त समयमा बजारीकरण गरी उचित मूल्य लिन सकिने छ” श्रेष्ठले भने ।

पश्चिमाञ्चल विकास क्षेत्रको एकमात्रै निर्माणाधीन शीतभण्डार निर्माण सम्पन्न भएपपछि यस क्षेत्रमा उत्पादित फलफूल तथा तरकारीको सुरक्षित भण्डारण गर्न सकिने छ ।

– See more at: http://www.onlinekhabar.com/2015/09/323402/#sthash.WyJEPk8D.dpuf