दाहालले भेटे महन्थ ठाकुरलाई

0 20

भाद्र २२, २०७२- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग भेट गर्दै जारी आन्दोलनको निकासबारे छलफल गरेका छन् ।

अध्यक्ष दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराईले लाजिम्पाटमा ठाकुरलाई भेटी वार्तामा आउन आग्रह गरेका हुन् । ठाकुरले तराईमा सेना परिचालन रोकिनुपर्ने, वार्ताको वातावरण बनाउनुपर्ने माग राखेका थिए । विगतका सम्झौता पालना गर्न मुख्य दलहरु तयार भए वार्ताको आवश्यकतै नपर्नेसमेत ठाकुरले बताएको एमाओवादी स्रोतले जानकारी दियो ।

मंगलबारै अध्यक्ष दाहालले राप्रपा नेपाल अध्यक्ष कमल थापालाई समेत भेटेका छन् ।