जेलमा रहेका साह सुझाव संकलन समितिमा

0 8
जनकपुरधाम: जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोटको घटनाका मुख्य योजनाकारको आरोपमा १४ महिनादेखि जेलमा रहेका निलम्बित सभासद् सञ्जयकुमार साहलाई पनि संविधानको प्रारम्भिक मस्यौदामा जनताको राय संकलन गर्ने सभासद्को सूचीमा राखिएको छ।
संविधानसभाले जिल्लामा पठाएको सभासद्को सूचीमा निलम्बित सभासद् साहलाई पनि राखिएको हो। संविधानसभा सचिवालयले जारी गरेको सूचीको क्रम संख्या ३४२ मा निलम्बित सभासद् साहको नाम उल्लेख छ। उनलाई क्षेत्र नम्बर ४ मा जनताको राय सुझाव संकलन गर्ने सूचीमा राखिएपछि जनकपुरमा यसको व्यापक विरोध भएको छ।
जनताको सुझाव र राय लिन प्राम्भिक मस्यौदासहित धनुषा पुगेका संविधानसभा सचिवालयका कर्मचारीले मंगलबार जनकपुरमा आयोजना गरेको सर्वपक्षीय बैठकमा सहभागीले निलम्बित सभासदलाई सुझाव संकलन समितिमा राख्न सक्ने संविधानसभाले अरु कति त्रुटि गरेको होला भन्ने सजिलै अनुमान लगाउन सक्ने भन्दै विरोध जनाएका थिए।
करिब सात लाख जनसंख्या रहेको जिल्लामा १४ सय मस्यौदाको कापी ल्याएर औपचारिकता निर्वाह गर्नु र जनतालाई मूर्ख बनाउने काम भएकोले यसको सक्दो विरोध गरिने मधेसवादी दल तथा स्वतन्त्र युवा संगठनका प्रतिनिधिले बताएका थिए।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सचिवालयबाट आएका गणेश नायक र अरुण किशोर शर्माले जनताको राय सुझाव संकलनमा सहयोग गर्न राजनीतिक दललाई अनुरोध गर्दा कांग्रेस र एमालेका जिल्ला अध्यक्षले सहमतिमा टाउको हल्लाए पनि मधेसवादी दलका प्रतिनिधिको विरोधका कारण कार्यक्रम स्थलन तातेको थियो।
मस्यौदामा मधेसीको अधिकार कुण्ठित गर्ने प्रयास गरिएको भन्दै जनकपुरका स्वतन्त्र युवाद्वारा एक सातापूर्व गठित मधेस अधिकार संरक्षण समितिका अध्यक्ष सरोज मि श्राले ८ वर्ष लगाएर तयार गरिएको मस्यौदा जनतालाई बुझ्न एक साताको समय दिनु आफैंमा बदनियत रहेको बताए।
संविधानसभा सचिवालयले जारी गरेको सूचीको क्रम संख्या ३४२ मा निलम्बित सभासद् साहको नाम उल्लेख छ। उनलाई क्षेत्र नम्बर ४ मा जनताको राय सुझाव संकलन गर्ने सूचीमा राखिएपछि जनकपुरमा यसको व्यापक विरोध भएको छ।
जनताको सुझाव संकलन गर्न आउने सभासद्ले छलफल गर्नका लागि साउन ५ गते जनकपुर उद्योग वाणिज्य संघको सभाकक्षमा स्थान निर्धारण गर्दा बन्द कोठामा कति जनताले आफ्नो सुझाव दिन सक्छन् भन्ने विषयमा मि श्रले टोलीसँग जवाफ मागेका थिए। आफूहरूले सुझाव संकलन प्रक्रियामा भाग नलिने र जहाँजहाँ टोलीले कार्यक्रम गर्छ त्यहाँ कार्यक्रम बिथोल्न सक्दो अभियान चलाउने मिश्रले बताए।
त्यसैगरी तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला संयोजक परमेश्वर साहले मधेसको अधिकार कुण्ठित गर्न खोज्ने मस्यौदालाई मोर्चाले च्यातिसकेको हुनाले अब सुझाव संकलन समितिलाई सहयोग गर्न आग्रह गरेर टोलीले समय मात्र बर्बाद गरेको र टोलीलाई आफूहरूले हरेक ठाउँमा विरोध गर्ने बताएका छन्।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंहले पनि सर्वोच्च अदालतले समेत १६ बुँदेको आधारमा संविधान निर्माण गर्न रोक लगाएको अवस्थामा कानुनभन्दा माथि उठेर आफूखुसी मस्यौदा ल्याउन खोज्ने चार दलको यस कार्यलाई कुनै हालतमा सहयोग नगरिने जानकारी गराएका छन्।
आउँदो साउन ५ गतेसम्म प्रारम्भिक मस्यौदा सम्बन्धी जनचेतनामूलक कार्यक्रममार्पmत जनताको राय र सुझाव लिखिल, मौखिक तथा भिडियो रेकर्डिङमार्पmत संकलन गरिने टोलीले जानकारी गराएको छ। संविधानमा आफ्नो राय, सुझाव दिन कोही नछुटोस् भन्ने उद्येश्यका साथ जिल्लामा यसबारे व्यापक प्रचार प्रसार गरिने टोलीले जानकारी गराएपनि हालसम्म यस विषयमा कुनै पनि स्थानीय सञ्चार माध्यमबाट प्रचार प्रसार गराइएको छैन।
सम्बन्धित निर्वाचन क्षेत्रका सभासद्सहितका टोलीले साउन ४ र ५ गते कम्तीमा दुईवटा कार्यक्रम गर्ने भएको छ । धनुषामा सातै निर्वाचन क्षेत्रका जनताको राय सुझाव संकलन गर्न २८ सभासद् जिल्ला आउन लागेका हुन्।
धनुषा क्षेत्र नम्बर-१ मा दिनेशप्रसाद परसैला यादव, चित्रलेखा यादव, मुक्ता कुमारी यादव र रश्मी ठाकुर, क्षेत्र नम्बर-२ मा रामकृष्ण यादव, ईन्द्रा झा, रामअवतार पासमान, क्षेत्र नम्बर-३ मा विमलेन्द्र निधि, उर्मिलादेवी साह, लक्ष्मी देवी भण्डारी, माधवी रानी साह, क्षेत्र नम्बर-४ मा सञ्जय साह, दिनेशप्रसाद साह, मिनाक्षी झा, प्रमिलादेवी दास, लीला कोइराला, लक्ष्मी थापा पासमान, क्षेत्र नम्बर-५ मा डा. चन्द्रमोहन यादव, महेन्द्र यादव, क्षेत्र नम्बर-६ मा प्रेमकिशोरप्रसाद साह तेली, आनन्दप्रसाद ढुंगाना, यशोदा कुमारी लामा, शीतल झा र क्षेत्र नम्बर-७ मा सत्रुधन महतो, ज्ञानबहादुर भुजेल, शिवचन्द्र चौधरी, पुष्पलता लामा र रामसिंह यादव रहेका छन्।