NEPALKO MAHABHUKAMPA 1990

0 8

NEPALKO MAHABHUKAMPA 1990

….ठीक २ बजी २४ मिनेट २२ सेकेण्ड जाँदा अकस्मात् जमिनभित्रबाट गुडगुडे आवाज आयो र माघ १९९० को महाभुइँचालो उत्पत्ति भयो । पानीको लहरीझैँ जमिनमा लहरी चल्यो । पहिलो अवस्थामा भूकम्पको वेग पूर्वबाट पश्चिम गएको अनुमान गरियो । दोस्रो अवस्थामा जमिन चक्कर खार्इ बटारिन थाल्यो र सोही वेगमा धेरैजसो घर, इमारत, लड्न गए ।

….धरहरा र घण्टाघर दुवै करौँतीले काटेका रुखझैँ चिराचिरा पर्न गर्इ दुर्इ-तीन टुक्रा भर्इ ढले । धरहराका टुक्राहरु त्यसको पर्खालको चक्काभित्रै परे ।

….खेत र सडक चिराचिरा परेका ठाउँबाट पानी निस्कन थाल्यो । सबै खोलानालामा बाढी आयो । वाग्मती, विष्णुमतीलगायत खोला छिनभरमै कालो र मैलो पानीले ढाकिए ।

….सिपाहीको गठ-गठ गरी शहर र दरबारमा पुरिएका मानिस झिक्न खटनपठन भयो ।

श्री ५ महाराजाधिराजको सवारी त्यस बखत नागार्जुनमा थियो । नागार्जुन दरबारपनि भत्केकाले पालमै राज भयो ।

….स-साना कम्पनहरु रातभर गइरहे । तिनको गन्ती भएन । सबैको खेतबारी या खुला मैदानमा बास भयो ।

….महाभूकम्प गएको दिनैदेखि हररोज स-साना भूकम्प जान थाले । ४ माघ राति अर्को निकै ठूलो भूकम्प गयो । आत्तिएका दुनियाँमा झन् हतास बढ्न गयो । तीन-चार दिनसम्म यस्तो कोलाहल बराबर चलिरहृयो । पछि-पछि यस्तो करउने कम हुदैँ गयो । दुनियाँलार्इ भूकम्पमा बानी पर्न गयो ।

लेखकः ब्रहृमशमशेर जङ्गबहादुर राणा
वितरकः बुक हिल
तेस्रो संस्करणः वि. स. २०७२, असार