ज्ञानेन्द्र र अनिलद्वारा अर्धसतकीय साझेदारी

0 16
काठमाडौं : टी–ट्वेन्टी विश्वकप छनौट प्रतियोगिता अन्तरगत अमेरिकाविरुद्धको खेलमा नेपालका ज्ञानेन्द्र मल्ल र अनिल मण्डलले ५० रनको गतिलो साझेदारी पुरा गरेका छन् ।
ओपनर सागर पुन आउट भएपछि मैदान छिरेका अनिल मण्डलले अर्को ओपनर ज्ञानेन्द्र मल्लसँग मिलेर अर्धसतकीय साझेदारी पुरा गरेका हुन् । दुबैको साझेदारी ७७ रनमा पुगेको छ ।
ताजा अवस्थामा ज्ञानेन्द्र मल्ल ३६ रन बनाउँदै क्रिजमा छन् । उनलाई साथ दिएका अनिलले पनि २६ रन जोडिसकेका छन् ।
१२२ रनको लक्ष्य पछ्याएको नेपालले ताजा अवस्थामा १४ ओभर खेल्दै एक विकेटको क्षतिमा ८३ रन जोडेको छ ।