बागमतीमा शिशु फाल्ने कान्छीमाया पक्राउ

0 22

काठमाडौं : आफैंले जन्माएको शिशुलार्इ बागमती नदीमा फाल्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

चार दिन अगाडी जन्मिएको शिशुलाई झोलामा हालेर बागमतीमा फालेर भाग्ने क्रममा काभ्रे गोकुलेकी २२ वर्षीया कान्छीमाया तामाङलाई गौशाला प्रहरीले पक्राउ गरेको हो ।

तामाङले बिहीबार विहान पशुपति आर्यघाट नजिकै शिशुलाई फालेर भाग्ने क्रममा सर्वसाधरणले देखेपछि झोला खोलेर हेरेका थिए । झोलामा शिशु देखेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बागमतीमा फालिएको शिशुलार्इ उद्धार गरी उपचारका लागि थापाथलीस्थित प्रसुती गृहमा भर्ना गरेको छ । कान्छीमायालार्इ पनि शिशुसँगै थापाथली पठाइएको प्रहरीले जनाएको छ ।

कान्छीमायाले अवैध यौनसम्बन्धबाट बसेको गर्भबाट जन्मिएको शिशु फालेको आशंका प्रहरीले गरेको छ ।

– Source: Annapurna Post