गुड्दै गरेको बस पहिरोमा पुरियो, दुईको जीवितै उद्धार

0 15

नुवाकोट, २४ असार । नुवाकोटबाट काठमाडौं जाँदै गरेको एक बस ककनीमा माथिबाट आएको पहिरोमा पुरिएको छ ।

पुरिएको पुरिएको बसमा आठ जना रहेको अनुमान गरिएको छ । दुई जनाको जिवितै उद्धार गरिएको छ ।

त्रिशुलीबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ख २८४१ नम्वरको बस ककनी गाउँ विकास समिति वडा नं. १ सिस्नेरीमा माथिबाट आएको पहिरोमा परी पुरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रहरी निरिक्षक जयराम वन्तका अनुसार बसको झ्यालबाट मानिसहरु रोइकराई गरिरहेको आवाज आइरहेको छ । तीन जनालाई चेपिएको अवस्थामा देख्नुभएपनि उद्धार गर्न नसकिएको बताउनुभएको छ ।