‘गधाले बताउँदैछ मान्छेको भविष्य’

0 20
२१ औं शताब्दीका मान्छे अन्धविश्वासमा
एजेन्सी : सूचना प्रविधि र विज्ञानले मानिसहरु चन्द्रमादेखि मंगल ग्रहसम्मको यात्रा गर्न लाग्दा भारतमा भने मानिसहरु आफ्नो भविष्य गधालार्इ हेर्न लगाउँछन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी डिजिटल इन्डिया बनाउने दौडमा लागेका बेला उनका नागरिक भने आफ्नो भविष्यको बाटो गधासँग खोजिरहेका छन् ।

राजस्थानको के बाडमेरमा अन्धविश्वासको यस्तो एउटा लीला केही दिनयता चलिरहेको हो । गंगाराम नामको यो गधालार्इ हेर्न र उसबाट आफ्नो भविष्य थाहा पाउन हजारौं मानिसको भीड लाग्न थालेको छ ।

अनौठो कुरा त के छ भने यो गधासँग आफ्नो भविष्य हेराउन यहाँ हजारौं मानिस भेला भएको देख्न पाइन्छ ।  बाडमेरमा प्रत्येक दिन गधाको शो आयोजना गरिन्छ ।

भविष्य बताउनैका लागि यहाँ गधाको  दैनिक सात शो देखाइन्छ । गधाको शोको ‘इन्ट्री फि’  उसको मालिकले मानिसबाट प्रतिब्यक्ति १० भारतीय रुपैयाँ असुल्दै आएका छन् ।

भविष्य हेराउन आउने मानिसहरु गंगाराम गधाले मानिसको हरेक प्रश्नको सही जबाफ दिने गरेको बताएका छन् ।

मानिसका प्रश्नको जबाफ गधासँग सोधेर मालिकले दिने गरेका छन् । सबैभन्दा रोचक कुरा त यहाँ आएका मानिसहरु गधाले आफ्नो भविष्य बताउँदा सन्तुष्ट हुने गरेका छन् ।

गधा गंगारामका मालिक मोहम्मदले यो गधालार्इ तालिमसँगै भगवानको पनि कृपा रहेको बताएका छन् । तर गधामा तालिम र दैवीकृपा भएको असर मानिसको सुझबुझभन्दा परको कुरा भएको बुझ्न भने गाह्रो पर्दैन ।