पत्नीले यौनसम्बन्ध राख्न नमानेपछि….

0 8
विहेको डेढ महिनामै लाश बनिन् बेहुली
कपिलवस्तु : इस्लामिक संस्कृति अनुसार ढेडमहिना अघि वैवाहिक बन्धनमा बाँधिएका कपिलवस्तु पिपरा गाविस–२ बुलाडिहवा निवासी महताव आलमले पत्नी मेराजुन निसाको घाँटी थिचेर हत्या गरेका छन् ।

सोमबार मध्यरातमा सँगै सुतेकी पत्नीले यौन सम्पर्क गर्न नदिएको आक्रोशमा पतिले घाँटी थिचेर हत्या गरेको रहस्यमय घटना कपिलवस्तु प्रहरीले बिहीबार खुलासा गरेको छ ।

यौन असन्तीष्टीकै कारण आक्रोशमा पत्नीको घाँटी थिच्दा अप्रिय घटना हुनपुगेको पति आलमले बयान दिएको प्रहरी उपरीक्षक विक्रम गुरुङले जानकारी दिए ।

आलम दम्पतीबीच यौन सम्र्पकको समयमा बारम्बार झगडा भइरहने, विवाहपछि पनि मेराजुन अपरीचित पुरुषसँग मोबाइलमा धेरै कुराकानी गरिरहने र घरको काममासमेत दुईबीच विवाद भइरहने प्रारम्भीक अनुसन्धानमा फेला परेको प्रहरीले बतायो ।

‘मुख्य जड भनेको यौन असन्तुष्टी र शंकैशंकामा आक्रमक बनेर हत्या गरेको देखिन्छ’ प्रउ गुरुङले भने ।  सोमबार राती २ बजे घाँटी थिचेर हत्या भएको महिलाको शव मंगलवार साँझ माइती पक्षले जिम्मा लिएर दाहसंस्कार गरेका छन् ।

छोरीको हत्या ज्वाइँको मिलोमतोमा घरपरिवारले गरेको भन्दै मोहोम्मद रफिकले प्रहरीमा लिखित जाहेरी दिएका छन् । जाहेरीको आधारमा प्रहरीले मृतकका पति महताब, देवर अफताब आलम र ससुरा हबिबुरलाई पक्राउ गरेको छ ।

बिहे हुँदा दाइजोमा ससुरालीबाट २ लाख रुपैयाँ लिएको आलमले बताए । दाइजोको निहुँमा ३ जना मिलेर छोरीको हत्या गरेकोे मृतकका बुवा मोहोम्मद रफिकले आरोप लागाएका छन् ।

विवाहअघि दाइजोकारुपमा दिन तय गरिएको ५ लाख मध्ये एकलाख रुपैयाँ दिन ढिलो गरेकाले ३ जना मिलेर छोरीको घाँटी थिचेर हत्या गरेको रफिकले आरोप लगाएका छन् ।