भूकम्पपछि गोकर्णेश्वर नयाँ वस्तीमा चोरी गर्ने पटक चोर पक्राउ

0 12

२४ असार, काठमाडौं । विनाशकारी भूकम्पपछि राजधानीका विभिन्न स्थानमा भएको चारीमा संलग्न टिकाबहादुर के.सी. (खर्त्री) पक्राउ परेका छन् ।

उनी गत वर्ष दोलखा जिरी ८ स्थित छोइली गुम्बावाट प्राचिन बुद्धको मुर्ती लगायतका विभिन्न सुन चाँदीका गरगहना समेत चोरीमा संलग्न फरार अभियुक्त समेत हुन् ।

महानरगरीय प्रहरी अपराध महाशाखाले दोलखा जुगु १ का ३२ वर्षका टिकाबहादुरलाई गौरीघाटवाट पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले वैशाख १२ को भूकम्पपछि जेठ २० गतेसम्ममा सात घरबाट झण्डै २५ लाखको धनमाल चोरी गरेका छन् ।

उनले वैशाख १४ गते गोकर्णेश्वर नगरपालिका १३ नयाँ वस्तीस्थित फु डोमा शेर्पाको घरबाट नगद तथा सुनका धनमाल गरी अन्दाजी ४ लाखको चोरी गरेका थिए । भोलिपल्ट नयाँ वस्तीकै राजन योञ्जनको घरबाट नगद, सुन चाँदीको गर गहना तथा सोनी ल्याटप तथा क्यानोन क्यामेरा समेत गरी २ लाख ५५ हजार बराबरको धनमाल चोरी गरेको पाइएको छ ।

१६ गते गोकर्णेश्वर १४ माकलबारी कमला भटराईको घरमा कोही नभएको मौका छोपी नगद तथा सुनचाँदीका गरगहना समेत गरी ११ लाख ६४ हजार बराबरको धनमाल चोरी गरे ।

उनी जेठ १४ गते फेरि चोरीमा संलग्न भए । उनले गोकर्णेश्वर १३ नँया वस्तीका कर्मा लामाको घरवाट १ लाख ३५ हजार बराबरको धनमाल चोरी गरे । उनले जेठ २० गते नागार्जुनस्थित रितु केसीको घरवाट नगद तथा सुन चाँदी, टीभी लगायतका विभिन्न धनमाल समेत गरी ५ लाख ७० हजार बराबरको धनमाल चोरी गरेको पाइएको छ ।

टिकाबहादुर गत फागुन १६ मा किमडोल स्वयम्भुस्थित लेडनाल रुईटको घरको ढोका फोरेर १ लाख बढीको धनमाल चोरी तथा २०७१ साल जेठ ४ गते छोइली गुम्बामा भएको चोरीका समेत मुख्य अभियुक्त भएको प्रहरीले जनाएको छ ।