क्यान्सरविरुद्ध एउटा परिवारको ‘युद्ध’

0 19
उ सँग भेट भएको केही समय भएको थियो। सामाजिक संजाल, मोबाइल वा कहिलेकाहीँ प्रत्यक्ष पनि भेट भएकै हुन्थ्यो। हरेक मानिसको केही न केही भोगाई हुन्छ नै, मेरो पनि आफ्नै जीवनका भोगाईहरु छन्। उ चाँही जिन्दगीमा एउटा ठुलो मानसिक भोगाइ र पिडाबाट निस्केको थाहा पाएदेखि नै उसको कथा मलाई लेख्न मन थियो।
हो, उनले आफुलाई माया गर्ने आफ्नो प्रिय आमालाई क्यान्सरका कारण गुमाएकी थिइन्। लेख्ने मेरो सोख हो। कथाहरु इम्प्याथी(सहानुभुती)का साथ भन्नु मेरो सोखहरुमध्ये एक हो। म आँफै पनि धेरै भावुक मान्छे हो भनेर भन्न रुचाउँछु। अरुको दु:खको भोगाईहरुले मेरो मन पग्लिन्छ। मेरो आशय चाँही उसको कथा मात्र भन्ने होइन, क्यान्सरबाट गुज्रिरहेको एउटा परिवार वा क्यान्सरबाट आफ्नो प्रियजन गुमाएका ब्यक्तिलाई जीवनको अन्धकारमा एउटा साकारात्मक सोचको वीजारोपण गर्नु पनि हो। उसलाई यो मेरो मनसाय बताए पछि सोच्नलाई र मेरो प्रस्ताव स्विकार गर्नलाई पर्याप्त समय दिएँ।
अविवाहित छोरीले आमा गुमाउनुको पीडा उनले अझै बुझ्दैछिन्। ‘आमा भएको भए अझै धेरै कुरा सिक्ने थिएँ। आमाले कस्तो केटासँग बिहा गर्ने भनेर सल्लाह दिनुहुन्थ्यो होला ! आफ्नो श्रीमानको घरमा कस्तो ब्यवहार गर्ने भनेर सिकाउनुहुन्थ्यो होला। अझै धेरै कुरा मैले सिक्नै बाँकी थियो।’ उनको शिकायत छ। 
त्यसबीच हाम्रा कुराहरु भइ नै रहे पनि मैले यो कथा लेख्ने कुराको ‘क’ पनि उच्चाहरण गरिन किनकी म उसलाई सोच्ने समय दिन चाहन्थे र मेरै लागि भनेर आफ्नो कथा उसले मलाई भन्यो भनेर मेरो मनमा पछि हुने आत्मग्लानीबाट पनि म मुक्त हुन चाहन्थे। केही समयपछि उनको उत्तर थियो ‘मेरो कथाबाट संसारमा रहेका कसैलाई पनि सानो राहत मिल्छ भने, म तयार छु।’
भेटको सिलसिला मिल्यो। हङकङको एउटा शान्त पार्कमा गएर हामी दुईजना बस्यौं, मिली र म। मिली, यस कथामा म उसलाई यही नामले चिनाउन चाहन्छु। गोपनियताको पनि ख्याल गर्नैपर्छ। म चाहन्थे उसको आँखा फेरी नरसाओस्, फेरी आँखाबाट आँशु नखसोस्। आफ्नो कथा आफ्नै तरिकाले भन्ने छुट दिएको भए पनि उसले नै प्रश्न सोध्न आग्रह गरेको कारण मैले अन्तर्वाताजस्तै प्रश्न सोध्ने निधो गरें।
क्यान्सरबाट मृत्‍यु नजिक छ भन्ने मानसिक पीडा त छँदै छ, तर त्यसबाट हुने शारिरिक दु:खाई पनि कहालीलाग्दो हुन्छ भनिन्छ, आफ्नो आमाको यो दुखाईको भोगाई मिलीले प्रत्यक्ष देख्नुपर्‍यो। ‘क्यान्सर त एउटा तितो यथार्थ हो, तर यो शारिरिक दुखाई चाँही किन भएको होला?’
प्रश्न सोध्दा उसलाई सहज होस् भन्ने पुरा ख्याल गरें। अन्तर्वाता लिएको हुनाले मैले सोधेका केही प्रश्नहरु उत्तर दिन मन नलागे नदिनु भनेर पनि उसलाई पुरापुर छुट दिएकै थिएँ। लगभग बत्तिस-तेत्तिस डिग्री सेन्टिग्रेडको तापक्रम छ र गर्मी पनि छ। हाम्रो अगाडि मिलीले नै ल्याएको सानो ब्याट्रिबाट चल्ने सानो पंखा चलिरहेको कारण केही राहत दिएको छ। हामीले आफ्नो वार्तालाप सुरु गर्यौं।
मिलीका भनाई अनुसार उनका आमाबुवा धेरै समयदेखि नै हङकङमा बस्नुभएको हो। उनको आमा भारतको दार्जिलिङमा नै जन्मिनु भएर त्यतै हुर्किनुभएको हो भने बाबा चाँही नेपालमा नै जन्मिएर बाजेको साथ लागि भारतको दर्जिलिङमा नै अध्ययन गर्नुभएको हो। उनको हजुरबुवा भारतीय सेनामा जागिरे भएको हुनाले उनको बुवा पनि सँगै जानुभएको रे। आमाबुवा बीस वर्ष पार गरेपछि नै बिहा भएको भए पनि मिलीलाई लाग्छ कलिलै उमेरमा उनका आमाबुवाको ‘लभ म्यारिज’ भयो। आमा कलिलै उमेरको हुँदा मिलीको पनि जन्म भयो र मिलीको पनि धेरैजस्तो पढाई-लेखाई भारतमा नै भयो।
अधिकांश समय होस्टल नै बसेर अध्ययन गरे पनि मम्मीबाबा भेट्न हङकङ आई नै रहन्थिन्। आफ्नो आमाबुवाको जोडीलाई ‘एकदमै मिलेको र एक-अर्कालाई साह्रै माया गर्ने’ भनेर उनी भन्छिन्। आमा कलिलै उमेरमा गर्वभती भएको कारण मिलीको जन्म हुँदा केही जटिल्ता आएको कारण मिलीका बुवाले फेरी अर्को सन्तानको चाहना नगरेको र मिली पनि आफु एक्लो सन्तान हुँदा धेरै माया पाएको अनुभव मसँग साटिन्। उसलाई पनि आफ्ना दाजुभाई-दिदीबहिनी नभएकै रमाइलो लाग्न थाल्यो, आमाबुवाको पुरा माया जो पाएकी थिईन्।
पहिलोपल्ट मिलीको आमालाई ‘आफुलाई क्यान्सर लागेको’ भनेर थाहा पाउँदा विश्वास नै लागेन रे। किनकी त्यतिन्जेलसम्म त्यस्तो रोग उनको परिवारमा कसैलाई लागेको थिएन। तर, जब अस्पतालको अन्कोलोजी विभाग(क्यान्सरको विरामीको उपचार गर्ने ठाउँ)मा जब ठुला-साना सबै उमेरका विरामीहरु देख्न थालनुभयो तब यो तितो यथार्थलाई स्विकार गर्नुभयो।
आमाबुवाले पनि ‘हाम्रो लागि छोरा भने पनि, छोरी भने पनि तिमी नै हो’ भन्नुहुन्थ्यो रे। आफन्तजनले अरु सन्तान बनाउन सुझाव दिए पनि उनको बुवाआमा एकै सन्तानमा रमाउनुभयो र अर्को सन्तान जन्माउने आवश्यकता नै परेन।
सन् २०१२ को छेका यो सानो परिवारमा ग्रहण लागेको संकेत मिल्न थाल्यो। मिलीको आमा खोकीले ग्रस्त हुन थालिन्। हङकङकै सरकारी अस्पतालमा चेकजाँच गराउन जाँदा चिकित्सकहरुले केही औषधि दिएर खोकी केही मत्थर भए पनि खोकीले फेरी-फेरी पनि चाप्दै लगे पछि अस्पताल आउजाउ भइ नै रह्यो। पछि त अस्पताल भर्ना हुनपर्ने अवस्था नै आउन थाल्यो। पहिला अस्पताल जाँदा डाक्टरहरुले पठाउने विभिन्न परिक्षणहरु ‘नेगेटिभ रिजल्ट’ नै आएको थियो रे। सन् २०१३ को जनवरी महिनामा फेरी अस्पताल भर्ना हुँदा चिकित्सकहरुले फोक्सोको क्यान्सरको शंका गरे, क्यान्सर जुन फैलिसकेको अवस्था (एड्भान्स्ड स्टेज)मा थियो।
आफु भारतमा नै अध्ययन गरिरहेको कारण र उनलाई धेरै चिन्ता होला भनेर आफ्ना आमाबुवा र आफन्तले क्यान्सर भएको कुरा लुकाएको यथार्थ मिलीले मलाई भनिन्। पछि रोग त्यति बिसेक नभएपछि उनले नै आमालाई आफु पढिरहेको दक्षिण भारतको एक शहरमा ल्याउन सुझाव दिईन् र आफुले त्यही अनुसार फोक्सोको विशेषज्ञ डाक्टरको खोजी थालिन्। आमालाई लिएर उनका बुवा सन् २०१३को सेप्टेम्बर महिनामा उनी भएको शहर आइपुग्नुभयो।
फोक्सोको विशेषज्ञले क्यान्सर विशेषज्ञलाई ‘रेफर’ गरेर परिक्षणहरु गर्दा पाठेघरको मुखको क्यान्सर, जुन एड्भान्स्ड स्टेजमा थियो, भएको नयाँ तथ्य पत्ता लाग्यो। यो कुरा हङकङमा पत्ता लागेको थिएन। र त्यही पाठेघरको क्यान्सर फैलिएर फोक्सोमा पनि मेटास्टेसाइज(एक अङ्गबाट अरु अङ्गहरुमा क्यान्सर फैलिएको अवस्था ) कुरा पनि चिकित्सकले भने।
त्यही कारण खोकी पनि लागेको थियो। मिलीले यो क्यान्सरबारे कुरा आमा भारत आएपछि पनि धेरै समय पछि मात्र थाहा पाईन्, जब उनले आफ्नो आमाको हस्पिटलका रिपोर्टहरु अध्ययन गरिन्। एड्भान्स्ड स्टेजमा भएको हुनाले अप्रेसन गर्न नमिल्ने हुनाले चिकित्सकले केमोथेरापी(क्यान्सरका विरामीलाई गरिने औषधि) सुरु गरे, जुन हरेक एकाईस दिनमा दिनुपर्थ्यो। पहिलो ‘केमो’ दिएपछि उनको आमाले एकदमै राम्रो अनुभव गर्नुभयो रे। लगातार लागिरहने खोकी निको भयो, खानामा पनि रुची बढ्यो र ‘निको पनि हुन्छ कि’ भन्ने झिनो आशा पनि पाल्नुभयो। पछि जनवरी २०१४ मा पेट स्क्यान(एक प्रकारको सिटी स्क्यान) गर्दा अवस्था उही रहेको पत्ता लाग्यो। त्यसपछि रेडियोथेरापी(‘सेकेर’ गरिने उपचार) थालियो।
पहिलोपल्ट मिलीको आमालाई ‘आफुलाई क्यान्सर लागेको’ भनेर थाहा पाउँदा विश्वास नै लागेन रे। किनकी त्यतिन्जेलसम्म त्यस्तो रोग उनको परिवारमा कसैलाई लागेको थिएन। तर, जब अस्पतालको अन्कोलोजी विभाग(क्यान्सरको विरामीको उपचार गर्ने ठाउँ)मा जब ठुला-साना सबै उमेरका विरामीहरु देख्न थालनुभयो तब यो तितो यथार्थलाई स्विकार गर्नुभयो। ‘मान्छे यस्तो भएको थाहा भएपछि अलि केटाकेटीजस्तो हुने रहेछ। अलिक भावुक भएर कहिले रुने पनि रहेछ।’ मिलीले आफ्नो मम्मीको कुरा सुनाईन्। तथापी उनी र उनको आमा उनको बुवासँगै हुँदा मात्र रुन्थिन्। अरु आफन्तको अगाडि बिरलै आँशु खसाउँथे।
मिलीलाई पनि पहिला त क्यान्सरबारे थाहा पाएपछि यसले धेरै पीडा दिएको थियो। तर जब उनले यो यथार्थलाई आत्मसात गरिन् तब यो पीडालाई सहने शक्ति मिलेको अनुभव गरिन्। आफ्नो आमा केही महिना पछि आफुसँग नहुने यथार्थको ‘विष’लाई विस्तारै पचाउन सुरु गरिन्।
क्यान्सरबाट मृत्‍यु नजिक छ भन्ने मानसिक पीडा त छँदै छ, तर त्यसबाट हुने शारिरिक दु:खाई पनि कहालीलाग्दो हुन्छ भनिन्छ, आफ्नो आमाको यो दुखाईको भोगाई मिलीले प्रत्यक्ष देख्नुपर्‍यो। ‘क्यान्सर त एउटा तितो यथार्थ हो, तर यो शारिरिक दुखाई चाँही किन भएको होला?’ उनी भावुक हुन्छिन्।
क्यान्सरबाट मृत्‍यु नजिक छ भन्ने मानसिक पीडा त छँदै छ, तर त्यसबाट हुने शारिरिक दु:खाई पनि कहालीलाग्दो हुन्छ भनिन्छ, आफ्नो आमाको यो दुखाईको भोगाई मिलीले प्रत्यक्ष देख्नुपर्‍यो। ‘क्यान्सर त एउटा तितो यथार्थ हो, तर यो शारिरिक दुखाई चाँही किन भएको होला?’ उनी भावुक हुन्छिन्।
आफ्नो आमाले आफ्नो अन्तिम तीन महिना दु:खाईका कारण ठाडै ओछयानमा बसेर राम्रोसँग सुत्न नपाई बिताएको मिलीलाई झल्झली याद आउँछ। किनकी उत्तानो परेर सुत्दा दुखाई अझै बढ्थ्यो। पेन किलर(दुखाई कम गर्ने औषधि) बढि प्रयोग गरेमा मृगौला लगायत अरु अङ्गहरुमा हानी हुने तथ्यबारे जानकार उनकी आमा पीडा सहन गाह्रो हुँदा मात्र पेन किलरको प्रयोग गर्थिन्।
आइब्रुप्रोफेन, ट्रामाडोल, मर्फिन, फेन्टानिल जस्ता पेन किलरको नामहरु मिलीलाई कन्ठस्थ छ। अन्ततिर प्यालिएटिभ केयर( क्यान्सर लागेका विरामीहरुलाई जीवनको उतरार्धमा कम पीडा होस् भनेर गरिने उपचार) पनि गरियो उनको आमालाई। आफ्नो आमाले भोग्नुपरेको घटनाहरु देखेपछि मिली आफु ‘नम्ब(भावशुन्य) भईसकेको थिएँ’ भन्छिन्। हरेक दिन र रात आफु मरेको अनुभव गर्थिन्। केही महिना पछि आफ्नो आमा आफुसँग नहुने यथार्थले झन ठुलो चोट दिन्थ्यो।
अन्तिम हप्तातिर उनको आमा साह्रै शिथिल भइसक्नु भएको थियो। उनलाई उपचार गर्ने डाक्टरले त्यो अस्पतालमा काम छाडेकोले उनिहरुले आमालाई अर्कै अस्पतालमा उपचार गराउन थाले। पहिलेको भन्दा केही बढि ‘साईड एफेक्ट’ भएको औषधिहरु प्रयोग हुन थाल्यो। बेहोशीमा के-के बोल्ने जस्तो हुन थालीसकेको थियो। बेहोश भएको एउटा घटना पनि भयो। जति साह्रै बिरामले च्यापे पनि उनको आमा अरुको सहयोग बिना नै ट्वाइलेट जाने, ट्वाइलेट गएपछि हात धुनैपर्ने, कहिलेकाहीँ औषधिको साईड एफेक्टका कारण बान्ता भए आँफैले सरसफाई गर्नुहुन्थ्यो। अरुलाई दु:ख दिन रुचाउनुहुन्न थियो।
अन्तत: त्यो अभागी दिन पनि आयो। २९ जुन २०१४। मिलीले आफ्नो प्राणभन्दा प्यारो आमा गुमाईन्। त्यो दिन आँफै ट्वाईलेट जान नसकेपछि बुवाले उनको आमालाई ट्वाईलेट पुर्याउन सहयोग गर्नुभयो। तर, ट्वाईलेटमा बसाउँदा-बसाउँदै बेहोश भएपछि उनको बुवालाई आमाको शरीर भारी भएजस्तो लाग्यो र सबैले मिलेर बोकेर ओछ्यान बसाए। हतपत एम्बुलेन्सलाई फोन लगाए।
एम्बुलेन्समा आएका डाक्टरले उनको आमाले यो संसार छोडि सक्नुभएको घोषणा गरे। एउटा ‘मीठो’ संयोग के पनि भयो भने उनको आमा बित्नुहुँदा उनी र उनका बुवा संगै थिए। यस कुराले पनि चित्त बुझाउने कोसिश गर्छिन्। मैले उनलाई एउटा नितान्त ब्यक्तिगत प्रश्न सोधें र उत्तर दिन मन नलागे उत्तर नदिने छुट दिएको फेरी दोहोर्याएँ। “‘यतिका सहनुभन्दा आमाले शान्तिपूर्ण तरिकाले स्वर्गको बाटो लिएर यो पीडाबाट मुक्ति पाउनुभए हुन्थ्यो’ भन्ने सोचाई कहिलेकाहीँ आएको थियो कि?” भनेर सोध्दा उसले यस्तो सोच पटक-पटक आएको र जुन दिन आमाले अन्तिमपटक सास फेर्नुभयो उनी र उनको बुवाले ‘आफ्नो आमाले ठुलो पीडाबाट मुक्ति मिलेको’ यथार्थलाई आत्मसात गरेर चित्त बुझाएको भनेर मलाई बताईन्। उनी भन्छिन् ‘आफु स्वार्थी भएर आमा बाँचोस् भनेर सोच्नुहुन्न किनकी मेरो आमाले धेरै शारिरिक र मानसिक पीडा भोग्नु भइरहेको थियो, तसर्थ यो पीडाबाट मुक्ति नै एउटा मात्र सही बिकल्प थियो।’
आफ्नो आमालाई निको नहुने क्यान्सर लागेको थाहा पाएको क्षण र डाक्टरले चार महिना मात्र बाँच्ने कुरा भनेको क्षण मिलीको लागि सबैभन्दा पीडादायी समय थियो भनेर मिली याद गर्छिन्।
आफ्नो आमाको जन्म दार्जिलिङमा भएको हुनाले उनको आमाको शरीरलाई अन्तिम कर्मको लागि त्यतै लैजाने निर्णय भयो। आफ्नो आमाबुवा बिरलै एक्लै सफर गरेको याद मिलीलाई छ। धेरैजस्तो सँगै नै हिंड्ने बानी थियो। लाश राख्ने बाकसमा आमाको लाश पछाडिको लगेज राख्ने ठाउँमा राखेर आफु चाँही आफ्नो बुवासँग हावाईजहाजको सिटमा बसेर यात्रा गर्दा उनलाई अनौठो लागेको थियो। दु:खको समयमा आफ्ना आफन्तहरु को साँचैको आफ्नो र को पराई हो भन्ने स्पष्टसँग रेखा कोरिने उनको अनुभव छ।
मैले फेरी एउटा नितान्त ब्यक्तिगत प्रश्न सोधें। ‘के तिमीलाई लाग्यो कि यो दु:खको घडीमा अरु दाजुभाई-दिदीबहिनी भएको भए यो पीडामा केही राहत मिल्ने थियो?’ उनले उत्तर दिईन् ‘हो, जब मैले मेरो आमाको रोगबारे थाहा पाएँ तब मलाई महसुस भयो कि आफ्ना अरु दाजुभाई-दिदीबहिनीहरु भएको भए यो दु:खको घडीमा साहस मिल्ने थियो। मेरा कजन(आफन्त साईनोमा पर्ने दाजुभाई-दिदीबहिनिहरु) हरु थिए। एकदमै सहयोगी थिए, तर आफ्नै भएको भए अझै सजिलो हुने थियो।’ उनलाई अझै पनि त्यस्तै लाग्छ। आफ्ना आफन्तहरुको सहयोग उनि बारम्बार याद गर्दै थिईन्। आफ्ना मित्रहरुको साथ-सहयोग पनि संवादको दौरान सम्झिरहिन्।
एउटा अर्को मीठो संयोग पनि के रह्यो भने, मिलीले आफ्नो स्नतकोतर(मास्टर्स)को पढाई सकेर ‘कन्भोकेसन'(दिक्षान्त समारोह) भएको केही दिनमा नै उनको आमा बित्नुभएको थियो। यो घटना उसलाई प्लान्ड(योजनबद्ध) तरिकाले नै भए जस्तो लाग्छ। ‘के तिमीलाई यो कुरामा सन्तुष्टी छ?’ भनेर सोद्धा उनी स्वभाविक उत्तर ‘छ नि’ भनेर भन्छिन्। उनलाई यो कुराको सन्तुष्टी छ कि उनको आमाले उनको यो उपलब्धि देख्न पाउनुभयो र आमा पनि यो कुरामा एकदमै खुसी हुनुभएको थियो।
आमा सिकिस्त भएर अस्पतालमा हुँदा उसले आफ्नो पढाई छाडेर आमासँग नै बस्ने भन्ने विचार पनि आयो, किनकी उसलाई आफ्नो ब्यक्तिगत जीवन र पढाईबीच तालमेल मिलाउन गाह्रो परिरहेको थियो। तर, उसलाई आफ्ना आफन्तहरुले सम्झाए र उसलाई पनि लाग्यो कि पढाई छोड्यो भने आमाले आफु र आफ्नो बिरामको कारण छोरीले पढाई छोडेको भनेर आफुलाई दोषी महसुस गर्नुहुनेछ। तसर्थ, उनले पढाईलाई पनि अघि बढाएकी थिईन्।
आमा बित्नुभएको लगभग एक वर्ष पछि पनि उनले त्यो शुन्यता अझै अनुभव गर्छिन्। ‘यो शुन्यताबिरुद्धको लडाईं कसरी जितेको छौ त?’ भन्ने मेरो प्रश्नमा उनी उत्तर दिन्छिन्, ‘म आफुलाई ब्यस्त राख्छु, सकरात्मक सोच राख्ने कोसिस गर्छु। यो गाह्रो समय त हो, तर यसले मलाई जीवनमा धेरै कुरा सिकाएको छ। मेरो बाबा र मेरो बीच राम्रो समन्वय छ। एक-अर्काको ‘सपोर्ट’ भएको कारण सहज भएको छ। हङकङ आउने मेरो एक मात्र कारण बाबालाई साथ दिनु नै हो।’ आफ्नो योजनाहरुलाई सबै थाती राखेर बाबासँग हुनलाई र एक-अर्कालाई सपोर्ट गर्नलाई नै उनी यो शहरमा आएकी हुन्।
आमा बित्नुभएको लगभग एक वर्ष पछि पनि उनले त्यो शुन्यता अझै अनुभव गर्छिन्। ‘यो शुन्यताबिरुद्धको लडाईं कसरी जितेको छौ त?’ भन्ने मेरो प्रश्नमा उनी उत्तर दिन्छिन्, ‘म आफुलाई ब्यस्त राख्छु, साकारात्मक सोच राख्ने कोसिस गर्छु।
उनलाई उनको बुवाले पनि आमाको कमी एक्दमै महसुस गर्नुहुन्छ जस्तो लाग्छ। सधैं सम्झना गरिरहनु हुन्छ। तर, बाबुछोरीको भेट हुँदा उनिहरुको बीच आमाको बारेमा कुरा हुँदैन। उनिहरु फेरी त्यही समयमा फर्किन चाहँदैनन्। दुई जनाको भेट हुँदा साकारात्मक कुराहरु हुन्छन्। अगाडिका योजनाहरु बारे कुराहरु हुन्छ। यद्दपी उनले आफ्नो बुवालाई रोईरहेको अवस्थामा देखेकी छिन्।
बाबालाई एउटा राम्रो स्मार्ट फोन किन्न सुझाएकी छिन् ताकी त्यसमा ईन्टेरनेट चलाएर उनको बाबा केही ब्यस्त हुन सकुन्। आजकल आफ्ना साथीहरुसँग समय बिताउन थाल्नुभएको छ, नभए त आमा साथ हुँदा आफ्ना साथीहरुबीच त्यति धेरै समय बिताउने खाले होईन उनको बुवा। श्रीमान-श्रीमतीको आफ्नै दुनियाँ हुन्थ्यो। त्यसैले हङकङमा लामो समयको बसाई भए पनि नेपाली समाजमा धेरै घुलमिल थिएन। अहिले उनको बुवा सामाजिक भेटघाटहरुमा धेरै संलग्न हुन थाल्नुभएको छ।
आजकल बुवाको पीउने बानी अलि बढेको हो कि भन्ने भान भएको छ मिलीलाई। कहिलेकाहीँ आफ्ना साथीहरुसँग भेटेर आउँदा आफ्नो बुवा अलि बढी पिउनुभएको अनुभव गर्छिन्। आफ्नो पीडालाई कम गर्न र ‘भेन्टिलेट’ गर्न त्यसो गरेको जस्तो लाग्छ उनलाई। पीउने बानीले दु:खलाई कम गर्न सहयोग गर्ने धारणा छ उसको। मध्यपान र दु:खको सम्बन्धको खोजी नगरेको भए पनि ‘मान्छे आफ्नो होशमा हुँदैन त्यसैले दु:ख बिर्सिन्छ’ जस्तो लाग्छ रे। बढी पिएर आफ्नो बाबाले आफ्ना पीडाहरु ब्यक्त गरेको घटना चाँही छैन।
त्यतिका समय खोकी लागेको र त्यतिका ‘स्क्यान’ र परिक्षणहरु गर्दा पनि पाठेघरको क्यान्सर भनेर हङकङको अस्पतालमा पत्ता नलाग्नुलाई उनी एउटा ठुलो ‘मेडिकल ब्लन्डर’ को संज्ञा दिन्छिन्। हङकङमा उपचारको दौरान ‘मेडिकल नेग्लिजेन्स'(उपचारमा लापर्वाही) पनि भएको थियो भन्ने लाग्छ। ‘पेट स्क्यान’ गर्दा क्यान्सरको सुरुवात हुँदाको उद्गम थलो र फैलिएको अवस्था(मेटास्ट्यासिस) थाहा हुने ज्ञान अहिले उसलाई छ। ‘त्यै पनि किन पत्ता लाग्न सकेन होला?’ डाक्टरहरु प्रति उनका असन्तुष्टीहरु छन्।
विरामीहरु आफ्नो स्वास्थ्य प्रति केही सचेत भए भने उपचारको दौरानमा स्वास्थ्यकर्मी पनि केही होसियार हुने, तर सोझो विरामीहरुलाई कहिलेकाहीँ उनिहरुले ठगी गर्ने गरेको गुनासो गर्छिन्। आफ्नो बुवाको अङ्ग्रेजीमा राम्रै दख्खल भए पनि आफ्नो आमाको स्वास्थ्य समस्याहरु चिकित्सकहरुसँग राख्दा बुझाईमा ‘केही समस्या पनि भयो कि’ भन्छिन्।
भारतमा भएको उपचारमा हङकङमा भन्दा बढी खर्च भएको उनको भनाई छ। तथापी त्यहाँ पाएको सेवामा सन्तुष्ट नै छिन्। तर, आफुहरुले पैसा तिर्न सक्छ भनेर थाहा पाएपछि चिकित्सकहरुले महँगो-महँगो औषधि चलाएको तथ्यसँग राम्ररी अवगत छिन्। स्वास्थ्य क्षेत्रमा भएका विकृतिहरु बारे उनलाई राम्ररी नै थाहा छ। ‘दुश्मनलाई पनि क्यान्सरजस्तो रोग नलागोस्’ भन्ने नेपाली भनाई उसले सुनेकी छिन्।
अविवाहित छोरीले आमा गुमाउनुको पीडा उनले अझै बुझ्दैछिन्। ‘आमा भएको भए अझै धेरै कुरा सिक्ने थिएँ। आमाले कस्तो केटासँग बिहा गर्ने भनेर सल्लाह दिनुहुन्थ्यो होला ! आफ्नो श्रीमानको घरमा कस्तो ब्यवहार गर्ने भनेर सिकाउनुहुन्थ्यो होला। अझै धेरै कुरा मैले सिक्नै बाँकी थियो।’ उनको शिकायत छ।
उनमा साकारात्मक सोचहरु पनि प्रशस्तै छन्। उनी अध्ययनशिल छिन्। गाह्रो समयमा ईन्टेरनेटमा हुने ‘अन्लाईन सपोर्ट ग्रुप'( जहाँ क्यान्सर लागेको ब्यक्ति वा उनका आफन्तहरुले यस्तो समयमा आफुलाई कसरी सम्हाल्न सकिन्छ भनेर आफ्नो भोगाईहरु लेखेका हुन्छन्।) मा भएका कुराहरु पढेर आफुलाई बलियो बनाउँथिन्।
बुवालाई पनि यो कुराहरु भन्थिन्। ईन्टेरनेटबाट पनि उनलाई धेरै सहयोग मिल्यो। अहिले उनी आफ्नो जीवनका उज्यालो पक्षहरुलाई ध्यान दिदै छिन्। आमा हुँदा वहाँले गर्ने जिम्मेवारीलाई सम्हाल्ने प्रयास गर्दै छिन्। आफन्तहरुले पनि उसप्रति ‘राम्रो गर्न सक्छ’ भन्ने विश्वास दर्शाएका छन्। उसका बुवा र आफन्तहरुले उप्रति साकारात्मक टिप्पणी गर्नुहुन्छ। उनको यस्तो पहिलो अनुभव हो। ‘यतिका पीडा र दु:ख सही सकेको छु, अब भविष्यमा आउने कुनै पनि समस्याहरुसँग सजिलै लड्न सक्छु’ भन्ने आत्मविश्वास उसको छ।
आफ्नो पढाई अनुसारको काम अहिले नपाएको भए पनि भविष्यप्रति आशावादी छिन्। उनी ‘नयाँ-नयाँ कुराहरु सिक्दै छु’ भन्छिन्। सोसियल सर्भिस(सामाजिक सेवा) बिषयमा भारतको प्रतिष्ठित विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी उनी अन्तरराष्ट्रिय मुद्दा जस्तै महिला तथा वालबच्चाको विकास(चाईल्ड एण्ड विमेन डिभलप्मेन्ट)मा उनको चासो छ।
 राष्ट्रिय वा अन्तरराष्ट्रिय गैर-सरकारी संस्थामा काम गर्न उनी ईच्छुक छिन्। ‘अबको दश वर्षमा आफुलाई कहाँ देख्छौ?’ भन्ने प्रश्नमा भन्छिन् “आफ्नो ‘करियर’मा सेटल भएको, बाबाको लागि केही राम्रो ब्यवस्था गरिदिएको देख्छु।” विवाहको बारेमा अझै सोचेकी छैनन्। ‘क्यान्सरसँग जुधिरहेका विरामी, आफन्त वा क्यान्सरका कारण प्रियजन गुमाएकाहरुले यथार्थलाई स्विकार्नुपर्छ, यो रोग लागेपछि आफुलाई मानसिक रूपमा तयार गर्नुपर्छ। परिवारका एकले अर्कालाई यस्तो घडीमा साथ दिन सक्नुपर्छ।
ईन्टेरनेटको सपोर्ट ग्रुपमा लेखिएको कुराहरु पढेर आफ्नो चोटमा मलम लगाउन सकिन्छ। आफ्नो प्रियजनको जीवन आफ्नो नियन्त्रणमा नहोला, तर आफ्नो मन र भावनामा आफ्नो नियन्त्रण छ नि। त्यसैले यसतर्फ ध्यान दिनुपर्छ।’ उनको सुझाव छ। आफ्नो आमाले पाठेघरको मुखको क्यान्सर हुन नदिनको लागि गरिने पुर्व जाँचहरु कहिल्यै गर्नुभएन रे। किनकी वहाँले आफुलाई यस्तो आइपर्ला भनेर कहिल्यै सोच्दै सोच्नुभएन। त्यसैले क्यान्सरको पुर्व जाँच(स्क्रिनिङ) गर्नुपर्छ भन्ने जागरुकता फैलाउन सक्नुपर्छ भन्ने उनको विचार छ।
यसो गर्दा क्यान्सर लाग्नबाट बच्ने सकिन्छ। कहिलेकाहीँ क्यान्सरको कुनै लक्षण नै नहुने रहेछ भन्ने अहिले जानेकी छिन्। त्यसैले हामी ‘एलर्ट’ हुनुपर्छ रे। ‘महिलाहरु त झनै होसियार हुनुपर्छ किनकी महिलाहरुमा धेरै क्यान्सर देखिन थालेको छ’ उनको धारणा छ। भेटेको जतिलाई यो सन्देश सुनाउँछिन्। आफ्नो भोगाई अरुले भोग्न नपरोस्, भन्ने उनको कामना छ।
अन्तमा मैले भने ‘मिली तिमीले भोगेको पीडा धेरै ठुलो छ। म कल्पना गर्दा पनि डराउँछु कि तिमीले कति ठुलो पीडा भोगेको छौ भनेर। होला तिमीले आफ्नो आमा साह्रै कम उमेरमा नै गुमायौ, तर कुरा के पनि सत्य हो भने, तिम्रो आमाको एउटा अंश सधैं तिमीसंगै जिवित हुनुहुनेछ। तिमी जिवित भइन्जेल त्यो अंश तिमीमा नै जिउँदो हुनेछ। त्यसैले तिमी खुसी हुने कोसिस गर, त्यो अंश पनि तिमीसँगै खुसी हुनेछ।’
२९ जुन २०१५ मा मिलीको मम्मीको बर्षि छ। वहाँले यो संसार त्याग्नुभएको एक वर्ष हुँदै छ। मिली र उनको बाबा त्यही एक वर्षको कर्म पुरा गर्न फेरी दार्जिलिङ गएका छन्। मिलीको मम्मी प्रति मेरो पनि श्रद्धा सुमन!