चरिकोट बजारमा घर ढल्दा एकको मृत्यु

0 8

चरिकोट, असार २३ – दोलखाकाे चरिकोट बजारमा भूकम्पले क्षति पुर्‍याएको ३ तले घर सडकतर्फ ढल्दा एक जान मृत्यु भएको छ । उक्त घर भत्काउने काममा खटिएका मजदुर सुस्पा, क्षमावती–९ का गोपीकृष्ण थामीकाे मृत्यु भएको र अर्का एक मजदुर मानबहादुर थामी घाइते भएकाे सिडियो देवेन्द्र लामिछानेले बताए ।

भिमेश्वर नगरपालिका १० स्थित मिलिजुली तर्फको सडकमा रहेको राम बहादुर बुढाथोकी उक्त घर भत्किएर थिच्दा अर्का एक घाइते भएका थिए । उक्त घरले पुरेका ५ जनाको भने सकुशल उद्धार गरिएको छ । ‘व्यस्त सडकमा पर्ने घर ढलेकाले अझै कोही भित्र फसेका छन् कि भनेर खोजीकार्य जारी छ,’ सिडियो लामिछानेले बताए ।