शहिदले बिहेमा बोलाएनन् : करिना

0 5

मुम्बई, असार २३ – शाहिद कपुरकी पूर्वप्रेमिका करिना कपुरले शाहिदले आफ्नो बिहेमो नबोलाएको बताएकी छन् । मंगलबार दिल्लीकी २१ वर्षीया मिरा राजपुतसँग शाहिदले विवाह गरेका थिए । पारिवारिक आफन्त र केही नजिकका साथीगरी ४०–५० जनाका बीच उनको विवाह भएको थियो । दिल्लीको ओवेराय होटलमा भएको साँझको पार्टीमा भने ५०० जना बोलाइएको थियो ।

शाहिदको बिहेको चर्चा चलेदेखि नै उनले पूर्वप्रेमिका करिनालाई बोलाउलान् कि नबोलाउन् भन्ने अड्कल भारतीय मिडियाहरुमा चलेको थियो । ‘मलाई बोलाएनन् । नबोलाए पनि म उनको वैवाहिक जीवन सफल होस् भन्ने कामना गर्दछु र मलाई लाग्छ सैफको पनि यस्तै कामना छ,’ करिनाले भनेकी छन् । शाहिदसँग छुट्टिएको केही समयपछि करिनाले सैफअलि खानसँग विवाह गरेकी थिइन् ।

करिनाले शाहिदलाई विवाहलाई ‘सोप ओपेरा’ नबाउनले पनि सुझाव दिएकी थिइन् ।