ग्रान्ड किन्ने निर्णय अनुमोदन गर्न प्रभूले बोलायो विषेश साधारणसभा

0 18

२३ असार, काठमाडौं । ग्रान्ड बैंक किन्ने (एक्वायर गर्ने) निर्णयको सेयरधनीबाट अनुमोदन गर्न प्रभू बैंकले आगामी साउन ७ गते विषेश साधारणसभा बोलाएको छ ।

दुई बैंकका सञ्चालक समितिबीच गत माघ १५ गते एक्वायर सम्झौता भएको थियो । गत असार ३ गते नियामक निकाय राष्ट्र बैंकले पनि प्रभूलाई ग्राण्ड बैंक एक्वायर गर्ने सैद्दान्तिक सहमति दिएको थियो ।

ग्राण्ड बैंकले पनि बुधरबा विषेश साधारणसभा गरी प्रभू बैंकमा एक्वायर हुने निर्णय गर्दैछ ।

साधारणसभामा दुबै बैंकले भ्यालुएटरले तयार पारेको ड्यू डेलिजेन्स अडिट (डीडीए) प्रतिवेदन पेस गर्दैछन । डीडीए रिपोर्टमा प्रभू बैंकको प्रतिकित्ता सेयरमूल्य १ सय २१ रुपैयाँ ४५ पैसा र ग्राण्ड बैंकको सेयरमूल्य ६५ रुपैयाँ ५८ पैसा कायम गरिएको छ ।

साधारणसभामा प्रभूले ग्राण्डको सेयरमूल्य अनुपातका आधारमा सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) कायम गरी एक्वायर गर्ने प्रस्ताव छ । त्यस्तै बैंकको प्रबन्धपत्र नियमावली संसोधन गर्ने, सञ्चालकको तलव/भत्ता वृद्धि गर्ने, प्रभू बैंकको लोगोभित्रबाट किष्ट बैंक हटाउने, हाल रहेको बैंकको नारा ‘पावर टू सक्सिड’ हटाउने प्रस्ताब छन् ।

आगामी भदौ मसान्तसम्ममा एक्वायर भई एकीकृत कारोबार सुरु गर्ने बैंकको लक्ष्य छ । गत भदौ ३० गते तत्कालीन प्रभू विकास बैंकले तत्कालीन किष्ट बैंकसहति तीन संस्थालाई प्रभू बैंकको नाममा एकीकृत कारोबार सुरु गरेको थियो । (किष्टको विलय, प्रभू बैंककाे नाममा एकीकृत कारोबार सुरु) 

चुक्ता पुँजी ५ अर्ब २० करोड रुपैयाँ पुग्ने छ । एक्वायरपश्चात निजी क्षेत्रका बैंकमध्ये प्रभू बैंक सबैभन्दा धेरै चुक्ता पुँजी भएको बैंक बन्ने छ । त्यसैगरी, शाखा र एटीएम सञ्चालमा पनि ठूलो बैंक बन्ने छ ।

फाइनान्स कम्पनीबाट बिकास बैंक हुँदै बाणिज्य बैंक बनेको प्रभु बैंक ‘क’ वर्गको वाणिज्य बैंक खरिद गरी आफ्नो पुँजी तथा कारोबारको आकार र संजाललाई व्यापक बनाएउन लागेको हो ।

खराब कर्जाका कारण राष्ट्र बैंकको सिघ्र सुधारात्मक कारवाही भोगिरहेको ग्राण्ड बैंकले तोकिएको समयमा सुधार गर्न नसक्ने देखेपछि बैंकको स्वामित्व बेच्ने निर्णयमा पुगेको हो ।

प्रभू बैंकले ग्राण्ड बैंक किन्ने पक्का

सफलताको कथाः डुबेको किष्टलाई प्रभुले गर्‍यो कायापलट