सेवाग्राहीसँग २४ हजार घुस लिने अमिन पक्राउ

0 10

२३ असार, नेपालगञ्ज । जिल्ला नापी कार्यालय बाँकेका अमिन अमिन मनेलाल यादव २४ हजार घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसधान आयोगको मध्यपश्चिम क्षेत्रीय कार्यालयको सुर्खेतको सम्पर्क कार्यालय कोहलपुरको टोेलीले यादवलाई पक्राउ गरेको हो ।

अमिन यादवले सरकारी ऐलानी जग्गालाई व्यक्तिको नाममा नामसारी गराउन नापी गरिदिने भन्दै सेवाग्राहीसँग २४ हजार घुस लिएका थिए ।