बाजुरामा ४.६ रेक्टरको भूकम्प

0 13

२२ असार, काठमाडौं । पराकम्पन आउनेक्रम जारी रहँदा मंगलबार बाजुरामा भूकम्प गएको छ । मंगलबार दिउँसो ३ बजेर १६ मिनेटमा ४ दशमलव ६ म्याग्निच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

मदना र मैला गाविसको सीमा क्षेत्रलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको बताइएको छ ।

भूकम्पको क्षतिबारे जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्पको केन्द्रविन्दु भनिएको स्थान सदरमुकामबाट झण्डै ६-७ घण्टाको पैदल दुरीमा पर्दछ ।