ओली दिए नयाँ संविधानको सुभकामना

0 18
काठमाडौं : एमालेका अध्यक्ष केपी ओलीले अब संविधान कसैले रोक्न नसक्ने बताएका छन्।
संविधानको मस्यौदामाथिको छलफलमा मंगलबार संविधानसभामा बोल्दै ओलीले भने, ‘लामो बहस र विवादपछि हामी एउटा निश्कर्षमा पुगेका छौं। अब संविधान कसैले रोक्न सक्दैन।’
उनले संविधानको मस्यौदा तयार भएर संविधानसभामा छलफल भएर जनता जान लागेको बताउँदै भने, ‘अब जनतामा जाने क्रममा यसका केही पक्षमा परिमार्जन र संशोधन गर्न सकिन्छ । अहिले नै यो भएन, त्यो भएन भनेर विरोध गर्नुपर्ने आवश्यकता छैन।’
उनले संविधान कसैको चाहनाबमोजिम बन्न नसक्ने बताउँदै भने, ‘यो हामी कसैको दलीय वा निजी चाहनाअनुसार बनेको मस्यौदा होइन। यसमा धेरै खाले विचार, दृष्टिकोण र अवधारणा मिसिएको छ । यो एउा साझा दस्तावेज हो।’
उनले संविधानसभा असफल हुन्छ कि भन्ने आशंका समाप्त भएको बताउँदै भने, ‘अब संविधान नलेखिकन फेरी फर्किनुपर्ने जुन डर र आशंकाको अवस्था थियो, त्यो अन्त्य भएको छ। अब संविधान लेखेर हामी जनतासमक्ष फर्किन पाउने अवस्था तयार भएको छ । यो ठूलो उपलब्धी हो ।’
उनले नयाँ संविधान बन्ने सुनिश्‍चित भएको बताउँदै भने, ‘सबै सभासद्लाई म अहिले नै सुभकामना दिन चाहान्छु।’