पहिरो आएपछि रसुवाको डाँडागाउँमा भागदौड

0 9

रसुवा, असार २२ – साेमबार परेको वर्षात्‌का कारण रसुवा डाँडागाउँ–५ बास्तोलामा पहिरो गएपछि २० घरका स्थानीयवासीमाझ भागदौड भएको छ । पहिरोले ती घर उच्च जोखिममा परेका छन् । सिलाजितढुंगे भीरबाट खसेको पहिरो कुटुन्जे–४ को बस्तीमा पुगेपछि स्थानीयवासी घरछाडेर भागेको स्थानीय गौरव सापकोटाले बताए । भागेर स्थानीयवासी सोही वडाको दियालेमा शरण लिएर बसेका छन् ।

गाउँभरिका जमिन भासिएका छन् । जमिन भासिएर एकहातका खाल्डो बनेको सापकोटाले बताए । भुकम्पले धाँजा फाटेका जमिनमा वर्षाले पहिरोको जोखिम बढाएको सापकोटाले बताए ।