दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा दुई नेपाली कामदारको ज्यान गयो

0 7
सोल, असार २१ – दक्षिण कोरियामा मोटरसाइकल दुर्घटनामा दुई नेपाली कामदारको ज्यान गएको छ | आइतबार बेलुकी ६:१० बजेतिर ग्यङसाङ प्रदेशको होवाङसान भन्ने ठाउँममा  भएको मोटरसाइकल दुर्घटनामा परेर स्याङ्जा बिरुवा अर्चले वार्ड नम्बर ६ का  भिमसेन केसी र नवलपरासी जिल्लाका सुनवल हर्दियाका रामबहादुर सिंजाली मगरको घटनास्थलमै मृत्यु भएको हो ।

दुई दिनपछि नेपाल फर्किन लागेका साथीहरुलाई बिदाइ गर्न ओक्सन पार्क जाँदै गरेका उनीहरु चढेको मोटरसाइकल अनियन्त्रित भएर पार्क नजिकै दुर्घटनाग्रस्त भएको त्यहाँ रहेका एक नेपालीले बताए | मृतकको घरपरिवारलाई खबर दिएको पनि ती नेपालीले जानकारी दिए ।

रोजगार अनुमति प्रणाली (ईपीएस) बाट आएर एक कार्यकाल पूरा गरेका केसी र सिंजाली एकै कम्पनीमा कार्यरत थिए | भिसा अवधी सकिएपछि केसीले शरणार्थी भिसा बनाएका थिए भने सिंजाली अबैधानिक हुन् । केसीको शव सामसुङ अस्पतालमा र सिंजालीको शव छाम्यङ अस्पतालमा राखिएको छ ।

स्थानीय प्रहरीले घटनाको प्रारम्भिक प्रतिवेदन सोलस्थित नेपाली दूताबासलाई पठाइसकेको छ । घटनाको विस्तृत विवरण आएपछि मात्र  दुर्घटनाको कारण थाहा हुने उपनियोग प्रमुख राजाराम बर्तौलाले जनाए ।