नेवानिका महाप्रबन्धक फेरि विवादमा

0 15
काठमाडौं: नेपाल वायुसेवा निगमको महाप्रबन्धक सुगतरत्न कंसाकारको पद विवादमा परेको छ।  नेपाल सरकारले गत जेठ १४ गते निगमको महाप्रबन्धकमा नियुक्त गरको कंसाकारलाई चार वर्ष पुरानो निर्णयबाट विवादमा तान्ने प्रयास भएको छ।
कंसाकारलाई २०६८ असार १५ गते मन्त्रिपरिषद्‌ले अवकास दिएको थियो।
त्यतिबेला निगमको कार्यकारी अध्यक्ष पदमा कार्यरत रहेका कंसाकार तत्कालीन महाप्रबन्धक केबी लिम्बुसँग कार्यकारी विवादमा तातिएका थिए।
दुई कार्यकारी प्रमुखको विवादले निगम कमजोर बनाएको र उनको नेतृत्व प्रभावकारी हुन नसक्दा कार्य सम्पादन क्षमता प्रश्न उठेकोले मन्त्रिपरिषद्‌को निर्णयबाट कंसाकारलाई अवकास दिइएको थियो।
चार वर्ष अगाडि असक्षम भएका व्यक्तिलाई पुनः सक्षम भनेर निगम पठाउने सरकारी निर्णय किन गरियो भनेर विवाद सुरु भएको छ।
सरकारले कंसाकारलाई निगम सुधार गर्न प्रतिवद्ध भएर लाग्ने र राम्रो छवि भएको व्यक्ति हो भन्ने सोचेर पुनः निगममा महाप्रबन्धकको जिम्मेवारी दिएको पर्यटन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले बताए।
नेपाल एयरलाइन्स सुधार गर्न उनी जस्तो निगमका लागि सक्षम व्यक्ति अरु कोही नभेटिएकै कारण जिम्मेवारी दिएको दाबी श्रेष्ठको छ।
कंसाकारले गरेकै निर्णयका आधारमा निगमले एयरवस भित्र्याउन सफल भएको पनि श्रेष्ठले भनाइ छ। पछिल्लो समयमा निगम धरासायी हुँदै गएकोले निगम बचाउन र संस्थागत छवि सुर्धार गर्न पनि कंसारको आवश्यकता परेको मन्त्रालयको भनाइ छ।
मन्त्रालयका अनुसार चार वर्ष पहिले दुई जना कार्यकारी प्रमुख हुँदा कसरी मिलाउने भएर तत्कालको समस्या समाधान गर्न गरिएको निर्णयलाई अहिले आएर कोट््उनु सान्र्दर्भिक नभएको उल्लेख छ।
कंसाकारलाई नियुक्त भएको एक महिनामा नै एयरवस दुई साता सम्म ग्राउन्डेड गराएको तथा चिनियाँ जहाजको समस्या सधान गराउन आवश्यक पहल गर्न नसकेको भन्ने आरोप लगाउन थालिएको छ।
तर, मन्त्रालयका पदाधिकारीले भने कंसाकारले निगम सुधारको लागि काम गरिरहेको र उनले आफ्नो कार्यकालमा निगमको छवि सुधारको निम्ति उल्लेख्य कार्य गर्ने दाबी गरेका छन्।