माओवादी जनयुद्धमा सेक्स : शारीरिक आवश्यकता कि सांस्कृतिक विचलन ?

0 28

नेपाल कम्युनिस्ट पार्टी माओवादीको जनयुद्धकालमा यौन विचलनलाई सांस्कृतिक अपराध भनिन्थ्यो भने अर्कातर्फ अति शुद्धता देखाएर महान् क्रान्तिकारी बन्ने रोग पनि त्यत्तिकै थियो । सनातन चिन्तन जस्तै यौन विषयलाई हेर्ने, बुझने र ग्रहण गर्नेमा बर्लिनको पर्खालै लागेको थियो । यसबारे कुरा गर्नु, लेख्नु र बहस गर्नुलाई प्रतिक्रान्तिकारी र  फ्रायडवादी चिन्तन हिजो पनि ठानिन्थ्यो र आज पनि । निजी विषय, वासना, लोभ, मोह, माया र अहंकारको संसारबाट माथि उठेर त्यागी देखाउन वा कहलाउन यस्तो गरिन्थ्यो र गरिन्छ ।

जनयुद्धका यौन विचलन, कमजोरी  वा यौन अपराधलाई ‘सांस्कृतिक’ शब्द प्रयोग गरिन्छ । सांस्कृतिक विचलनको कारबाही नखेप्ने उच्च तहमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य, डा. बाबुराम भट्टराई, सीपी गजुरेल र कृष्णबहादुर महरालगायत थोरै मात्र नेता रहे ।

जनयुद्धकालमा नेताले मात्रै होइन, आम जनताले पनि ‘सांस्कृतिक कमजोरी’का आरोपीले कडा कारबाही, अनुशासन र पदीय भूमिकाबाट समेत वञ्चित हुनुपथ्र्यो।  अन्य अपराधको चर्चा त्यति नभए पनि ‘सांस्कृतिक कारबाही’को चर्चा भने पतकरमा लागेको आगोझैँ फैलिन्थ्यो पनि । श्रम शिविरमा रहनुपथ्र्यो । यौन कमजोरी संस्कृतिको एउटा पाटो रहे पनि त्यो नै समग्र संस्कृति भने थिएन र होइन । कतिपय अवस्थामा विरोधीलाई सिद्धान्त र राजनीतिमाथि आक्रमण गर्न यस्ता विषय अचुक हतियारै हुन्थ्यो ।

अन्य अपराधको चर्चा त्यति नभए पनि ‘सांस्कृतिक कारबाही’को चर्चा भने पतकरमा लागेको आगोझैँ फैलिन्थ्यो पनि । श्रम शिविरमा रहनुपथ्र्यो । यौन कमजोरी संस्कृतिको एउटा पाटो रहे पनि त्यो नै समग्र संस्कृति भने थिएन र होइन ।

सेक्सको चर्चा गर्दा मानिस मनोगामी (एकलनिष्ट) वा पोलिगामी (बहुसमागम) प्राणी  के हो ?  उसको सेक्स आचरणको निर्धारण सामाजिक सम्बन्ध, बन्धन र आदर्शले मात्र गर्छ कि उसका यौनिक ग्रन्थिले ! उसका वासनाजन्य उत्तेजनाका नियन्त्रण उन्नत चेतनाले मात्र गर्छ कि अचेत शारीरिक आवश्यकताले ? के जबरजस्ती शारीरिक आवश्यकतालाई आदर्श र सामाजिक बन्धन र अनुशासनका डण्डाले मात्र नियन्त्रण गर्न सकिन्छ ? सेक्स जैविक आवश्यकता हो । त्यो न रहस्य हो, न त सामाजिक मर्यादा उल्लंघन गर्न पाइने वासनाका रतिक्रीडा ।  त्यो कोरा आदर्शले मात्र पनि ढाक्न सकिँदैन ।

सेक्स मनोविज्ञानले जन्माएका समस्यालाई कसरी हल गर्ने भन्ने विषय अन्य क्षेत्रमा भन्दा हरेक आदर्श अभियन्ता वा छापामार युद्ध लडिरहेका पार्टीका समस्या हुन् । त्यसैलाई उछालेर छापामार युद्धको आवश्यकता, औचित्यमाथि शिकार खेल्ने अरु मनोवैज्ञानिक युद्ध पनि छेडिएका हुन्छन् । त्यसको ज्वलन्त उदाहरण अहिले भारतीय कर्पाेरेट मिडियाले चलाइरहेको त्यहाँको माओवादी प्रतिकार अभियानलाई लिन सकिन्छ भने माओको राजनीतिक जीवन, उनले दिएको विश्व योगदान, साम्राज्यवादविरोधी जनवादी नेतृत्व र नवचीन भन्दा पनि उनको यौनिक जीवनलाई पश्चिमाहरूले उरालेको देख्न सकिन्छ ।

गोलीले ढाल्न नसकेका, सुविधाका प्रलोभनमा फस्न नपुगेका, निजी र पुँजीले नलोभिएका ‘बहादुर’ पनि किन यौन कमजोरीमा फस्छन् त ? यौनमा मात्र होइन, अहिले नाफाका जिन्दगी बिताइरहेका उनीहरू महाउपभोक्तावादमा किन र कसरी फसेका छन् ? लोकले गर्ने प्रश्न हो । बलात्कार र सहमतिको सहवास एउटै हो ? यो प्रश्न जनयुद्धकाल र त्यसपछि पनि बारम्बार उठिरह्यो ।

गोलीले ढाल्न नसकेका, सुविधाका प्रलोभनमा फस्न नपुगेका, निजी र पुँजीले नलोभिएका ‘बहादुर’ पनि किन यौन कमजोरीमा फस्छन् त ? यौनमा मात्र होइन, अहिले नाफाका जिन्दगी बिताइरहेका उनीहरू महाउपभोक्तावादमा किन र कसरी फसेका छन् ? लोकले गर्ने प्रश्न हो । 

अझ महान छापामार आदर्श चे ग्वेभारालाई पनि तनियासँग जोडेर मिथक रचिएका थिए । त्यस्तै जनयुद्धका बीभत्स चित्रण गर्नेहरूले अझ यसलाई कुरुप तरिकाले उछालेर स्वयौनिक सन्तुष्टि पनि लिइरहेका देखिन्छन् । गोलीले ढाल्न नसकेका, सुविधाका प्रलोभनमा फस्न नपुगेका, निजी र पुँजीले नलोभिएका ‘बहादुर’ पनि किन यौन कमजोरीमा फस्छन् त ? यौनमा मात्र होइन, अहिले नाफाका जिन्दगी बिताइरहेका उनीहरू महाउपभोक्तावादमा किन र कसरी फसेका छन् ? लोकले गर्ने प्रश्न हो । बलात्कार र सहमतिको सहवास एउटै हो ? यो प्रश्न जनयुद्धकाल र त्यसपछि पनि बारम्बार उठिरह्यो ।

सुरुवाती समयमै रामबहादुर थापा ‘बादल’ र पम्फा भुसाल ‘विद्युत’ बीचको ‘सांस्कृतिक’ समस्याले पार्टीमै ठूलो समस्या आइलाग्यो । बादल जनयुद्धको ज्वालामुखी केन्द्रका ग्रामीण वर्गसंघषका नायक र अगुवा थिए । उनको बोली गोली बन्थ्यो र कार्यकर्तालाई कासन पनि । उनका समस्याले आदर्शका कोरा कल्पनाबाट मात्र प्रशिक्षित नेता र कार्यकर्ता तब मर्माहत बन्न पुगे, त्यसको तुष जब पार्टीले बादललाई लिन प्याओवादी भनेर संश्लेषण गर्न पुग्यो ।

अन्तरपार्टी संघर्षमा त्यसलाई इखको रुपमा लिइयो । परिस्थितिले पोष्टबहादुर बोगटीलाई पश्चिम कमाण्ड नेतृत्व सुम्पियो । जनयुद्धको उत्तराद्र्धमा मात्र चुनवाङ बैठकमा पुग्दा प्रचण्ड र बादलले आत्मानुभूति गरे । तर, त्यो इख निमिट्यान्न नभएर कालान्तरमा माओवादी विभाजनको एउटा मनोवैज्ञानिक कारण बन्यो पनि ।

बलात्कार र सहमतिको सहवास एउटै हो ? यो प्रश्न जनयुद्धकाल र त्यसपछि पनि बारम्बार उठिरह्यो ।

जनयुद्धको उद्गम थलो रुकुमको नेतृत्वमा रहेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई जब ‘सांस्कृतिक विचलन’को आरोपमा दण्डित भएर कारबाही गर्नुपर्ने भयो, तब कमान्ड इन्चार्ज दिवाकरसँग छलफल भएर जनयुद्धको भर्जिनल्यान्ड बझाङ पठाइने भए । त्यसबेलासम्म सेती–महाकाली माथिल्लो भेगमा माओवादी आन्दोलनको खासै प्रभाव थिएन । युद्ध र शान्तिकालमा दार्शनिक अध्येताका रुपमा चर्चित रहे पनि ‘सांस्कृतिक विचलन’ले भने उनलाई छाडेन । यसै विषयमा मिडियाले पनि उनलाई पछ्याइरह्यो । अहिले फेरि उनी त्यस्तै ‘सांस्कृतिक विचलन’कै कारण चर्चामा छन् ।

पूर्वी कमान्डबाट सिपी गजुरेल भारत जानु र  शीतलकुमारलाई पनि ‘सांस्कृतिक’ कारबाही’ भोगेपछि तेस्रो तहका यानप्रसाद गौतम ‘आलोक’ सो जिम्मेवारी सम्हाल्न पुगे । शीतलकुमार कुनै दिन डा. बाबुराम भट्टराईका पनि नेता थिए, एकता केन्द्र बन्दा । तर, राजनीतिमा उनलाई ‘सांस्कृतिक घटना’ले पछि धकेल्यो ।

परिस्थितिले कमान्ड नेतृत्वमा एकाएक तेस्रो तहको नेतृत्वले पहिलो जिम्मेवारी लिनुपर्दा आलोकमा अहंकार र युद्ध सरदारपना देखिनु स्वभाविकै भयो । त्यसले उनलाई पनि जनयुद्धले ‘सांस्कृतिक कमजोरी’बाट जोगाउन सकेन । हक्की स्वभावका आलोकको कडा तर्कपूर्ण भूमिकाले पार्टीभित्रै पनि सैद्धान्तिक वैरी तयार गरिसकेका थिए । निराश बन्दै गएको छापामार युद्धमा स्वयं आलोकले एसाल्ट बनेर भट्टेडाँडामा कमान्ड गरेपछि विद्रोहले एकाएक मनोवैज्ञानिक ऊर्जा देशैभरि फैलाएको थियो । तर, उनको अति आत्मविश्वास, अहंकारले उत्तेजनालाई जित्न सकेन ।  अन्यलाई भन्दा उनलाई कडा कारबाही भयो र कारबाही थलो रोल्पा बनाइयो ।

आपूmलाई प्रचण्डका दाहिने हात र उत्तराधिकारी समेत सोच्ने गौतम त्यत्रो कारबाही होला भन्ने चिताएकै थिएनन् । सेनाले उनका टाउकोमा ३५ लाख रुपियाँको इनाम राखेको थियो भने सेनाको कारबाहीमा आपूm पार्टीभित्रै कारबाही परेकाले मारिन्छु भन्ने अनुमान नै गर्न सकेनन् । उनी रक्षकसँगै शाही सेनाद्वारा रोल्पामा मारिए ।

जनयुद्धको तुफानी बेग चलिरहेको थियो, जबरजस्ती आदर्शबादी देखिने ढोंगीहरू पनि कम थिएनन् । एकातर्फ प्रगतिशील कहिनु, देखिनु, भनी माग्नु, अर्कातर्फ सामन्ती चिन्तनको ठालु सोच पनि राखिरहनु नै प्रगतिशील रुढिवादको चरित्र हुन्छ । त्यसैले उनीहरूका जीवन र जगत्प्रतिका दृष्टिकोण र दैनिक व्यवहारबीच असन्तुलन देखिएका थिए । हुनु, कहिनु, गर्नु र देखिनुबीचको भिन्नताले भोलिका संकेत प्रष्स्टै झल्किन्थे ।

त्यसैबेला एक दिनको छलफलमा भनेँ, ‘म नक्कली आदर्शको कुरा गरेर आत्मरति लिन चाहन्नँ । पाइन्जेल सुख, सुबिस्तामै बस्नु, मीठो चोखै खानु, रामै्र, सुग्घर, सफा ओछयानमै सुत्न चाहन्छु । सेक्सलाई पनि घृणाका रुपमा हेर्दिनँ । जाँड, रक्सी निषेध होइन, नियमनको पक्षधर हुँ, आफैँ पनि लिन्छु । अझ आदर्श खोक्नी र सिरक ओढेर रक्सी तन्काउने चिन्तनको म सदा विरोधी नै रहेँ ।’

कुनै दिनको एउटा घटनाले जीवन फेरिदिएर विद्रोही पार्टी खोज्दै माओवादी बनेको होइन । वर्गविद्रोहले तानेर पु¥याएको एउटा सफल व्यवसायी थिएँ । त्यो मेरा कुरा नक्कली आदर्शको घेरामा त चट्याङ परेझैँ भएछ । त्यो कुरा हल्ला बन्दै सौन्र्दयशास्त्री २४ क्यारेटका शुद्धतावादी कम्युनिस्ट डा. ऋृषिराज बरालको कानमा पुगेछ ।

डा. बराललाई ‘त्यसै त तिते करेली त्यसमा पनि रुख चढेकी’ झैँ बनेर बाँकेका साथीहरू प्रकाश सुवेदी र अशोक रोकायलाई भारतीय सीमा काट्ने क्रममा भनेछन्, ‘पिटर त रक्सी नभई रातै काट्न नसक्ने, केटी हरदम चाहिने र मीठोचोखै नभई भागै नबस्ने रहेछ ।’ त्यो कुराको खुलासा अशोक रोकायले गरे । डा.बरालको त्यो आरोप धेरैपछि मात्रै सुन्न पाएँ ।

त्यो बेला मेरो सेल्टर सल्यानमा थियो । कमान्ड इन्चार्ज देव गुरुङ थिए । भेट्न अछाम जानुपर्ने भयो ।  १३ दिनको यात्रापछि रामारोशन, अछाममा पुग्दा रुटगाइडले त डा. बरालको सेल्टरमा पो पु¥याएछन् । थकित थिएँ तर उनलाई देखेपछि आवेगमय पो भएछु ।

यौनमा निषेध गरियो । यौन आकांक्षालाई ‘सांस्कृतिक समस्या’ भन्न थालियो । बलात्कार र सहमतिको समागमलाई भिन्न तरिकाले हेर्न सकिएन । आखिर जनयुद्धभित्रको सेक्स पनि स्वस्थ मानवको शारीरिक आवश्यकता त थियो ।

सामान्य भलाकुसारीपछि  डाक्टरसाबसँग भनेँ, ‘थाकेर आएको छु । तपाईंलाई मेरो स्वभाव थाहा नै छ । बिजुलीपानीको व्यवस्था त गर्नु नै होला । अर्को  एउटी सुन्दरीको व्यवस्था पनि गर्नुहुन्छ होला नि  !’ मेरा कुरा सुनेपछि उनको अनुहार एकाएक फेरियो । ‘के भनेको यस्तो ?’ भनेँ । मैले बाँकेमा प्रकाश र अशोकसँग गरेको कुरा सम्झाएँ । पहिला उनले स्वीकारेनन्, पछि आत्मालोचित भए ।

युद्ध लम्बिँदै थियो, अनेक प्रकारका मनोचिन्तन र विकार जनमुक्ति सेना र कार्यकर्तामा मानसिक समस्याका रुपमा देखा पर्दै थिए । अन्ततः के कसरी बुझियो, उपचारका कोसिस भए वा भएनन्, थाहा भएन ।  भेरी–कर्णालीका ब्युरो इन्चार्ज थिए, शक्ति बस्नेत ।  उनलाई एकपटक भनेको थिएँ– आगोको सामु नौनी पग्लन्छ नै । सेक्स जीव वैज्ञानिक आवश्यकता हो भने जोडीहरूको कार्यक्षेत्र पनि सँगसँगै हुनुपर्छ । नत्र उनीहरूलाई आफ्ना पार्टनरसँग भेट्ने वातावरण मिलाई दिनुपर्छ ।

यसलाई अनुशासनको डरले मात्र काबुमा राख्न सकिँदैन । जुन समय अवस्था, जमघट, जिम्मेवारी र यौन मनोविज्ञानलाई हेर्ने हो भने त्यसको केही दिनमै आन्तरिक राजनीतिको खेल र प्रतिक्रियाको उपजमा उनीलाई पनि परिबन्दले ‘सांस्कृतिक विचलन’को आरोपमा लाग्यो नै ।

त्यहाँ जीवन थियो, मान्छे थिए । मान्छेका भौतिक र मानसिक आवश्यकता थिए । विवाह बन्धन र एकनिष्टता यौन पनि थियो । जन्म बालबच्चा पनि थिए । त्योसँगै युद्ध चलायमान थियो ।

एकातर्फ शाही सेनाले महिला छापामारलाई यौन दासी बनाएको ब्यापक चर्चा गथ्र्यो भने युद्धस्थलमा परिवार नियोजनका अस्थायी साधन छरेर कम्ब्याट पत्रकारद्वारा बीभत्स प्रचार गथ्र्याे । त्यसैको अर्को प्रचारमा उत्तेजक औषधि दिएर एसाल्टमा पठाउने भन्ने कुरा पनि हुन्थे ।

वार जोनमा सँगै मेडिकल टिम पनि हुन्छ र हरेक दर्दका औषपध भनेका एकप्रकारका लागुऔषध नै हुन्छन् । अर्कोतर्फ जनयुद्ध आफैमा चलायमान समाज थियो । त्यो मोक्ष खोज्ने निराश आदर्शवादी जोगीहरूको बथान थिएन । त्यहाँ जीवन थियो, मान्छे थिए । मान्छेका भौतिक र मानसिक आवश्यकता थिए । विवाह बन्धन र एकनिष्टता यौन पनि थियो । जन्म बालबच्चा पनि थिए । त्योसँगै युद्ध चलायमान थियो ।

नक्कली आदर्श हरेक समाजका लागि वैरी बन्छन नै । कुनै पनि समाजको अध्ययन गर्दा हलोको फालीले उसको अर्थ चिन्तन र अवस्था बताउँछ भने   समाजमा योनि—सुचिता (सेक्स अवधारणा)ले सांस्कृतिक अवस्था जनाउँछ । चाहेर वा नचाहेर पनि नेपाली समाजको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक मनोविज्ञानका हरेक पाटो र पक्षबाट जनयुद्धलाई अलग्याउन सक्ने कुरै भएन ।

यौनमा निषेध गरियो । यौन आकांक्षालाई ‘सांस्कृतिक समस्या’ भन्न थालियो । बलात्कार र सहमतिको समागमलाई भिन्न तरिकाले हेर्न सकिएन । आखिर जनयुद्धभित्रको सेक्स पनि स्वस्थ मानवको शारीरिक आवश्यकता त थियो ।

– Source:nayapage