अपराध नियन्त्रण गर्न प्रहरीले ल्यायो मोबाइल एप

July 05 2015 13:06

२० असार, काठमाडौं । उपत्यकाका नागरिकले अब प्रहरीमा आपराधिक सूचना, गुनासा तथा सुझाव आफ्नो मोबाइल एप्सबाटै दिन पाउने भएका छन् ।

महानगरीय प्रहरी कार्यालयले अपराध नियन्त्रण गर्न भन्दै ‘हाम्रो पुलिस’मोबाइल एप्स ल्याएको छ । प्रहरी आयुक्त प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले अपराध रोकथाम तथा नियन्त्रणका लागि प्रविधिको प्रयोगमा जोड दिने नीतिअनुरुप उपत्यकाका तीन जिल्लामा पहुँच हुनेगरी एप्स ल्याइएको जानकारी दिए ।

 

प्रयोगकर्ताले स्मार्ट र एन्ड्रोइड मोबाइलमा एप्स डाउनलोड गरी आफ्नो विवरण दिनुपर्दछ । एप्सको माध्यमवाट पनि सूचना पठाउन आम नागरिकलाई सहज हुने प्रहरीको विश्वास छ ।

घटना तथा अपराधको सचित्र विवरणको बारेमा महानगरीय प्रहरीलाई जानकारी गराउन सकिने, हराएका वा फेला परेका व्यक्ति वा सर–सामानको विवरणसमेत पठाउन सकिने प्रहरीले जानकारी दिएको छ । इन्टरनेट नभएको स्थानबाट समेत एसएमएसमार्फत घटना तथा अपराधको विवरण पठाउन सकिने छ ।

एप्समार्फत आमनागरिकका जनगुनासा पठाउन सकिने र आफू रहेको स्थान नजिकको प्रहरी कार्यालयको विवरण तथा नक्सा प्राप्त गर्न सकिनेछ ।

 

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top