पत्रकारको न्यूनतम तलब २० हजार

0 13
काठमाडौं : न्यूनतम पाश्रिमिक निर्धारण समितिले पत्रकारहरुको न्यूनतम पारिश्रमिक मासिक २० हजार तोकेको छ ।

श्रमजीवि पत्रकार ऐन २०५१ ले तोकेको जिम्मेवारी अनुसार २०६८ सालमा निर्धारित न्यूनतम पारिश्रमिका पुनरावलकोन गर्दै ‘क’ वर्गका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीहरुलाई मासिक १९ हजार ५ सय तलब र एक हजार रुपैयाँ सञ्चार खर्चसमेत समितिले सिफारिस गरेको छ ।

समितिले यो तबल ‘क’ वर्गका सबै टेलिभिजन, ५ सय वाटमाथिका एफएम, सरकारी सञ्चारमाध्यम, रेडियो नेट्वर्कहरु र एकभन्दा बढी स्टेशनमा कार्यरत सञ्चारकर्मीका लागि सिफारिस गरेको छ । कर्मचारी र कामदारलाई भने १४ हजार एक सय रुपैयाँ तलब र ५ सय रुपौयाँ तलब सिफारिस गरेको छ ।

त्यसैगरी अन्य सञ्चार प्रतिष्ठानका पत्रकारका लागि १४ हजार १ सय रुपैयाँ र कामदार तथा कर्मचारीलाई १२ हजार ५० उपलब्ध गराउन समितिले सिफारिस गरेको  छ । समितिले स्ट्रिन्जरहरुको हकमा साविकको दरमा ५० प्रतिशतले वृद्दिको पनि सिफारिस गरेको  छ ।

यो पारिश्रमिक केन्द्रीय तथ्यांक विभागको जीवनस्तर सर्भेक्ष्ण र २०६८ सालयताको कुल मूल्यवृद्धिलाई आधार बनाइ वृद्धि गरिएको समितिका संयोजक खेम भण्डारीले जानकारी दिए ।

समितिले समयमा तलब तथा पारिश्रमिक भुक्तान गर्नुपर्नेदेखि अन्य विविध विषयमा पनि सरकारलाई सुझाव दिएको छ । समितिले यो सिफारिस करिब ६ महिना देशका विभिन्न भागमा पुगेर पत्रकारसँग भएको छलफल निस्केको निचोडक आधारमा गरेको जनाएको छ ।