बारामा बस र ट्रक ठोक्किए, १ को मत्यु

0 14

सुभाषप्रसाद साह
२० असार, बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको सोह्रकिलोमिटर भन्ने स्थानमा ट्रक र बस आइतबार ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बिजुलीको खम्बा बोकेको ना ३ ख ३९४५ नम्बरको ट्रकसँग र ना ५ ख ६३०१ नम्बरको यात्रुबाहक बस ठोक्किदा बस परिचालक काभ्रे नालादुम्चाका २६ बर्षीय बिजय श्रेष्ठ रंजितकारको मृत्यु भएको हो ।

घाइतेमध्ये दमक-१२ झापाका ५० वर्षीय गणेश सुवेदी र काभे्र नालादुम्चा बस्ने २२ वर्षीय लक्ष्य क्षेत्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सुवेदीको वीरगंजमा र क्षेत्रीको चपुरमा उपचार भइरहेको छ ।

यस्तै झापा दमक-१२ का ६५ वर्षीय तुलसीराम प्रसाद, मोरङ राजघाटका ४१ वर्षीय बस चालक अंशबहादुर हिमाल, बिरगंज-१९ का ३८ वर्षीय संजयकुमार सराफ र भारत दार्जिलिङका ४८ वर्षीय अब्दुल रहमान पनि दुर्घटनामा घाइते भएका छन् । उनीहरुको चपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।