बाबुरामले गरे अलग्गै भेला

0 13
प्रचण्ड र बाबुरामबीच फेरि विवाद चर्कियो
काठमाडौं : एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता बाबुराम भट्टराई पक्षबीचको विवाद फेरी चर्किएको छ।
संविधानको मस्यौदा संविधानसभामा छलफल हुन थालेपछि दाहाल र भट्टराईको विवाद औपचारिक रुपमा सार्वजनिक भएको हो ।
भट्टराई पक्षको समानान्तर काठमाडौ जिल्लासमितिले शनिवार आयोजना गरेको उपत्यकास्तरिय बैचारिक राजनीतिक प्रशिक्षणमा भट्टराईसहित उनी पक्षधर नेताहरु सहभागी रहेको तस्बिर उनी स्वंयमले सार्वजनिक गरेका छन्।
नयाँ बानेश्वरको एक पार्टी प्यालेसमा भएको भेलामा भट्टराई, टोपबहादुर रायमाझी, हिसिला यमी,नवराज सुवेदी,देवेन्द्र पौडेल,प्रभु साह, गंगानारायण श्रेष्ठ,भक्ति पाण्डे लगायतका नेताहरु सहभागी थिए।
उपत्यका स्तरिय पार्टी प्रशिक्षण कार्यक्रममा संविधानसभाबाट प्राप्त उपलब्धीको रक्षा र आर्थिक विकास गर्दै समाजवादको दिशामा अघि बढने संकल्प गरिएको भट्टराईले आफनो फेसबुक स्टाटसमा लेखेका छन ।