प्रचण्ड र बाबुराम पक्षबीच फेरि विवाद काठमाडौंमा छुट्टा छुट्टै भेला

0 7

१९ असार, काठमाडौं । एकीकृत नेकपा माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता डा. बाबुराम भट्टराईबीचको विवाद फेरि बल्झिएको छ ।

प्रचण्ड र भट्टराई पक्षले काठमाडौं जिल्ला समितिको छुट्टा छुट्टै भेला गरेका छन् । झण्डै दुई साता अघि संस्थापन पक्षले महासचिव कृष्णबहादुर महाराको उपस्थितिमा प्रशिक्षण कार्यक्रम गरेको थियो ।

भट्टराई पक्षले शनिबार बाबुरामसहितका नेताहरुको उपस्थितिमा प्रशिक्षण गरेका छन् । भेलामा उपस्थित नेता देवेन्द्र पौडेलले महासचिव महारालाई बोलाएको तर, उनी अनुपस्थित भएको अनलाइनखबरलाई बताए ।

दुई साता अघि भएको प्रशिक्षणमा केन्द्रीय सदस्यहरु नै छुटेकाले अर्को प्रशिक्षण गर्नु परेको उनले बताए ।

एमाओवादी काठमाडौं प्रचण्ड पक्षले हिमाल शर्मा र भट्टराई पक्षले महेन्द्र श्रेष्ठको नेतृत्वमा समिति बनाएका छन् । आन्दोलनका क्रममा अन्य जिल्लाहरुमा रहेको विवाद मिलेपछि काठमाडौंमा भने कायमै थियो ।

अहिले काठमाडौंमा समानान्तर भेला सुरु भएपछि देशभरी फैलन सक्ने नेताहरु बताउँछन् ।