युवतीको पेटमा सात करोडको क्याप्सुल

0 9
एजेन्सी : पाकिस्तानको सिमाना नजिकै भेटिएकी जाम्बियाकी एक युवतीको पेटमा करोडौंको लागूऔषध क्याप्सुल फेला परेको छ ।

२६ जुनमा पाकिस्तान र भारतको सिमाना आत्री वाघा सिमाना नजिकै भारतको अमृतसरस्थित प्रहरीले जाम्बियाकी ३० वर्षीया ट्वाला केल्थलार्इ बेहोस अवस्थामा फेला पारेको थियो । भारतका लागि बिजनेस भिसा लिएर आएकी उनलार्इ पाकिस्तानी सेनाले भारत पस्न दिएको थियो ।

बेहोस अवस्थामा भेटिएकी उनलार्इ प्रहरीले उद्धार गरी अमृतसरस्थित गुरु नानक देब अस्पताल पुर्याएर उपचार गराउने क्रमउमा उनको ज्यान गयो । युवतीको रगत परीक्षणका क्रममा उनलार्इ एचआर्इभी समेत भएको पत्ता लागेको छ ।

उपचाका क्रममा ज्यान गएपछि भारतस्थित जाम्बिया दूतावासको अनुमतिमा ३ जुलाईमा उनको पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम गर्ने क्रममा चिकित्सकहरुले ट्वालाको पेटमा लागूऔषधका क्याप्सुल फेला पार्यो । ती लागूऔषध बजार मूल्य ७ करोड २० लाख नेपाली रुपैयाँ रहेको छ ।

लागूऔषधका क्याप्सुल भेट्टिएपछि उनी ‘ड्रग स्मग्लर’ भएको पत्ता लागेको थियो । उनको मृत्युको कारण पनि पेटमा रहेका लागूऔषधका क्याप्सुलका कारण भएको पोस्ट्मार्टम रिपोर्टबाट पुष्टि भएको छ ।

चिकिस्कहरुका अनुसार लागूऔषधको क्याप्सुल पेटमै फुटेका कारण ती युवतीको मृत्यु भएको पत्ता लागेको छ । उनलार्इ गत शनिबार एक चिहानमा गाडिएको भारतीय प्रहरीले जनाएको छ ।

भारतीय प्रहरीले जुलार्इ २६ मा ती जाम्बियन युवतीलार्इ शंकास्पद अवस्थामा पाकिस्तानी सिमानाबाट भारततर्फ छिर्दै गरेको देखेको थियो । उनी पटक पटक बेहोस भइरहेकी थिइन् । उनले प्रहरीलार्इ नजिक आउन समेत दिएकी थिइनन् ।

बेहोस भएको अवस्थामा उनलार्इ प्रहरीले अस्पतालमा भर्ना गरेको थियो । उनको उपचारकै क्रममा २७ जुनमा अस्पतालमै ज्यान गयो ।

अस्पतालमै ज्यान गुमाएकी यी युवतीको जाम्बियन दूतावासले अनुमति नदिँदा ६ दिनसम्म पोस्टमार्टम हुन सकेन । दूतावासले ३ जुलार्इमा अनुमति दिएपछि पोस्टमार्टम गरिँदा महिलाको पेटमा ५० वटा लागूऔषध क्याप्सुल भेट्टिए ।

जसमा २८ वटा उनको पेटमै फुटेका थिए । लागूऔषधका क्याप्सुल पेटमै फुटेकाले उनले ज्यान गुमाएको पुष्टि गरेको अमृतसरका एसएसपी जशदीप सिंहले पुष्टि गरे ।

उनलार्इ गाड्न समेत प्रहरीलार्इ समस्या भयो । कयौं चिहानका सञ्चालकले उनलार्इ गाड्नका लागि जग्गा दिन तयार भएनन् । अन्त्यमा एक चिहान सञ्चालकले अनुमति दिएपछि ती युवतीलार्इ शनिबार गाडियो

प्रहरीका अनुसार पोस्टमार्टमका क्रममा युवतीको पेटबाट निकालिएका ५० वटा क्याप्सुलको मूल्य करिब ७ करोड नेपाली रुपैयाँ रहेको छ ।

युवतीको मृत्यु भएपछि उनका परिवारलार्इ पनि प्रहरीले दूतावासमार्फत खबर गरेको थियो । तर उनलार्इ लिन कोही पनि आएनन् । उनी बिजनेश भिसा लिएर पाकिस्तान हुँदै भारत छिरेकी थिइन् ।