संविधानसभामा पलेटी कसेर नाराबाजी (भिडियो)

0 11
काठमाडौं : नयाँ संविधानको प्राराम्भिक मस्यौदामाथि संविधानसभामा छलफल भइरहँदा राप्रपा नेपालसहितका सभासद्हरुले निरन्तर नाराबाजी गरिरहेका छन् ।

शुक्रबारको बैठकमा पाँच घन्टासम्म नाराबाजी गरेका राप्रपा नेपालका सभासद्हरुले आजको बैठकमा पनि नाराबाजीलार्इ निरन्तरता दिएका हुन् ।

शनिबार बिहान ११ बजेदेखि शुरु संविधानसभाको बैठकमा राप्रपा नेपालका सभासद्हरुले नाराबाजी गरेपनि मस्यौदामाथिको छलफल भने रोकिएको छैन ।

शुरुमा उभिएर भएर लगातार नारा लाउँदा थाकेका विपक्षी सभासद्हरु पलेटी कसेर बसी नाराबाजी गरिरहेका छन् । नाराबाजीमा उत्रेका सभासद्हरुलार्इ ठूलो संख्याका मर्यादापालकले घेरेर राखेका छन् ।

 
सभाध्यक्ष सुबास नेम्बाङले पटक पटक अवरोध नगर्न गरेको आग्रहलार्इ उनीहरुले अटेर गर्दै नाराबाजी गरेका हुन् । सभासद्हरुले विदेशी डलरको लोभमा परेर हिन्दु राष्ट्रलार्इ मास्ने गरी मस्यौदा आएकाले त्यसलार्इ सच्याउन माग गरेका हुन् ।

राप्रपा नेपालका सभासद्हरुले धर्म परिवर्तनको विषय मौलिक हकमा समावेश गरिएको, छ महिनामा स्थानीय निकायको चुनाव गर्ने प्रावधान हटाइएको र संविधानको प्रस्तावनामा समाववाद समावेश गरिएको भन्दै नाराबाजी गरिरहेका छन् ।

– Source: Annapurna Post