मलेसियामा नेपाली युवाको ज्यान गयो

0 20

मलेसिया : शुक्रबार राति मलेसियामा भएको सडक दुर्घटनामा एक नेपालीको ज्यानगएको छ । मलेसियाको सुगाइवुलोस्थित एक कपडा पसलमा कार्यरत रुकुमको साख–६ का देववहादुर थापाको सडक दुर्घटनामा ज्यान गएको हो ।

अवौधानिकरुपमा कपडा पसलमा कार्यरत थापाले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ज्यान गएको उनका साथी भुपेन्द्र मगरले जानकारी दिए ।

दुई वर्षअघि मलेसियाको जोहर राज्यमा रहेको एक कम्पनीमा काम गर्न आएका थापा कमाइ नराम्रो भएको भन्दै अवौधानिक भएका थिए ।

थापाको शव स्थानीय अस्पतालमा राािखएको छ । अवौधानिक रहेकाले उनको शव नेपाल पठाउन समस्या भएको मगरले बताए ।

मृतकका परिवारको आर्थिक अवस्था निक्कै कमजोर छ । उनको शव नेपाल पठाउनमात्रै ५ हजार रिङ्गेट भन्दाबढी लाग्ने भएकाले सहयोगको जरुरी रहेको मगरले बताए ।