सुशील आगो हुँदा कमल थापाको हाँसो

0 11

काठमाडौं, असार १९–हो, मैलै प्रधानमन्त्रीको कुर्सी तानेको हो, त्यसमा चढेको पनि हो, माइक पनि फुट्यो होला,  यो भनाई राप्रपा नेपालका सभासद सुशील कुमार श्रेष्ठको हो । सञ्चारकर्मीका अगाडि आक्रामक रुपमा प्रस्तुत भएका उनले शुक्रबार त्यति मात्रै भनेनन् पत्रकारलाई जे पायो त्यही नलेख्न समेत चेतावनी दिए । ‘अघिल्लो पटक संविधानसभाको बैठकमा तोडफोड गर्नेलाई केही कारवाही भयो ?  हो माइक भाचियो होला  , प्रधानमन्त्री बस्ने कुर्सी फुट्यो होला  ,  कोही छ मलाई कारवाही गर्ने ?’ उनले पत्रकारसामु त्यसो भनीरहँदा सोही दलका अध्यक्ष कमल थापा हाँसेर बसेका थिए । राप्रपा नेपालका सभासदले शुक्रबारको संविधानसभाको बैठकमा धेरै जसो समय सभामुखको कुर्सी अगाडि बसेर विरोध जनाएका थिए तर साँझ सात बज्न १५ मिनेट बाँकी हुँदा सुरु भएको दोस्रो बैठकमा भने ताण्डव नृत्य नै देखाए । सो दलका सभासद श्रेष्ठले प्रधानमन्त्री बस्ने कुर्सीमा चढ्दै माइकसमेत फुटाएका थिए । सो क्रममा राप्रपा नेपालले संविधानसभामा कुर्सी मात्रै भत्काएन मृतप्राय भइसकेको राजतन्त्र स्थापना गर्ने धम्की समेत दियो । जुन नेपालको संविधान विपरितको कार्य समेत थियो । उसले हिन्दु अधिराज्य स्थापना गरेरै छाड्ने धम्की समेत दियो । राप्रपा नेपालका अध्यक्ष थापाले समेत पत्रकारले मनलाग्दी लेखेको भन्दै राम्रो नहुने बताए । उनले एमाओवादीको लहैलहैमा मुलुक अगाडि गएको र त्यसले राम्रो नगरेको बताए । – Source: Ratopati