प्रधानमन्त्रीलाई धुलिखेल जान पनि हेलिकोप्टर

0 16

काभ्रे, १९ असार – असार सामान्यतया सार्वजनिक गाडीमा काठमाडौँको पुरानो बसपार्कबाट सदरमुकाम धुलिखेल झन्डै सवा घन्टामा पुगिन्छ। निजी सवारीसाधनमा काठमाडौंबाट ३० किलोमिटरको दूरीमा रहेको धुलिखेल पुग्न झन्डै आधा घन्टा लाग्छ। तर, त्यही ३० किलोमिटरको दूरीमा रहेको धुलिखेल पुग्न प्रधानमन्त्री सशील कोइरालाले हेलिकोप्टर प्रयोग गरेको नयाँ पत्रिका दैनिक खबर छ। बिपी राजमार्ग उद्घाटनका लागि शुक्रबार धुलिखेल पुग्न प्रधानमन्त्री कोइरालाले नेपाली सेनाको एन एक-०५६ नम्बरको हेलिकोप्टर चार्टर गरे। उनी भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि, सभासद् तथा कांग्रेस नेतृ सुजाता कोइराला, कञ्चनचन्द्र बादेसहित धुलिखेल पुगेका थिए। जिल्ला प्रहरी कार्यालयअगाडिको मैदानमा हेलिकोप्टरबाट ओर्लिएका प्रधानमन्त्री कोइराला त्यहाँबाट भने झन्डै तीन सय मिटरको दूरीमा रहेको कार्यक्रमस्थल बा१झ ४७२८ नेपाल जापान लेखिएको गाडीमा पुगेका थिए।