बिजुलीको पोलमा कार यसरी ठोक्कियो (फोटोसहित)

July 04 2015 02:04
काठमाडौं: राजधानीको तीनकुनेमा सडकको पोलमा ठोक्‍किएर कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। बानेश्वरबाट पेप्‍सीकोला जाँदै गरेको बा ६ च ५७ २८ नम्‍बरको हुन्डाइको भीभा कार दुर्घटना  भएको हो।
दुर्घटनामा २८ वर्षीय कार चालक राम कुमार दाहाल र उनी सँगै बसेका २२ वर्षीय सनिल शर्मा घाइते भएका छन्।
कार चलाउनुअघि कडा खालको एन्टिबायोटिक खाएकाले टाउको दुखेर चालकले सन्तुलन गुमाउँदा यस्तो दुर्घटना भएको दाबी प्रहरीले गरेको छ।तर चिकित्सकहरुले भने एन्टिबायोटिकले यस्तो स्थिति नआउने बताएका छन्।
प्रहरीका अनुसार चालकको छाती गाडीको स्टेयरिङमा ठोक्‍किएर घाइते भएका छन् । उनीसँगैको सिटमा बसेका सनिलको गाडीको सिसा फुटेर चोट लागेको छ।
उनीहरु दुवैजनाको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

source:annapurnapost

प्रतिकृया दिनुहोस्...

Share This News

PinIt
submit to reddit
Top