गर्लफ्रेन्डकी आमालाई चिठ्ठी

0 15
चीनः चीनमा पेन्टरको काम गर्दै आएका एक युवकले प्रेमिकाकी आमालाई पठाएको चिठ्ठीले सामाजिक सञ्जालमा निकै चर्चा पाएको छ ।
२० बर्षका सियो याङ नाम गरेका ती युवकले प्रेमिकाकी आमालाई आफ्नो प्रेम र विवाहको विषयलाई लिएर चिन्ता व्यक्त गर्दै पठाएको चिठ्ठीले चिनियाँ सामाजिक सञ्जालमा भाइरल भइरहेको समाचारमा बताइएको छ ।
औपचारिक शिक्षा नलिएका पेशाले पेन्टर याङकी प्रेमिका भने विश्वविद्यालयमा पढिरहेकी छिन्, सोही कारणपनि प्रेमिकाकी आमा विवाहको लागि तयार हुदिनन् कि डरले उनले चिठ्ठी लेखेको समाचारमा बताइएको छ ।
चिठ्ठीको सम्पादित अशं यस्तो छ :
प्यारी अन्टी,
म र तपाइकी छोरी ड्रागन महोत्सममा भेट भएका थियौ । म तपाइकी छोरीलाई धेरै माया गर्छु र उनिसँग विवाह गर्न चाहन्छु । तपाइले हाम्रो विवाह चाहनुहुन्न कि भन्ने आशंका उत्पन्न भएको छ सोही कारण पनि यो चिठ्ठी लेख्दैछु ।
म पेशाले पेन्टर हुँ । तपाई भन्नुहोला पेन्टर पेशा निकै फोहोरी काम हो । तर मलाई यो काममा निकै लगाब छ । म चाहन्छु तपाई हाम्रो विवाहलाई अस्विकार गर्नु हुनेछैन । म यो पनि भन्नु चाहन्छु कि भविष्यमा घर किन्नको लागि तपाइएसगँ पैसाको कुरा गर्नेछैन । यो चिठ्ठीमार्फत म तपाइकी छोरीसँग विवाहको स्विकृती चाहन्छु ।
याङले सो पत्र चीनको सामाजिक सञ्जालमा पोष्ट गरेपछि भाइरल भएको थियो ।