करिना फेरि सेक्स वर्कर

0 17
मुम्बई: बलिउड अभिनेत्री करिना कपुर पुनः सेक्स वर्करको भूमिकामा देखिने भएकी छन्।
करिना राजकुमार गुप्ताको नयाँ चलचत्रिमा काम गर्ने तयारीमा छिन्। थ्रिलर यो चलचित्र भारतको दण्डसंहितासँग सम्बन्धित रहेको बताइएको छ।
यस चलचित्रको भूमिकालाई लिएर करिना निकै उत्साही भएको बताइएको छ।
यो भूमिका निकै चुनौतीपूर्ण भएको र आफ्नो अभिनय प्रयोग गर्ने मौका मिलेको उनले बताएकी छन्।
करिनाका लागि यो चलचित्र विशेष हुने अपेक्षा गरिएको छ।
यसको मुख्य कारण विवाहपछि सेक्सी र ग्ल्यामरस छविमा कमी आएका बेला उनी यो चलचित्रमा ग्ल्यामरस भूमिकामा देखिने भएकी छन्।
करिना यसअघि चलचित्र ‘चमेली’ र ‘तलास’मा यस्तै भूमिकामा देखिइसकेकी छन्।
ती भूमिकामा उनलाई दर्शकले मन पनि पराएका थिए। चलचित्रको छायांकन चाँडै सुरु हुने बताइएको छ। एजेन्सी